back
CTIZAN AD

आज यी स्थानमा अत्यधिक वर्षाको सम्भावना

वि.सं.२०८२ साउन २ शुक्रवार

918 

shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

वि.सं.२०८२ साउन २ शुक्रवार ०८:०८ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...