back
CTIZAN AD

निर्वाचन आयोगले कारबाहीमा परेका राप्रपामा पाँच नेताको विषयमा छानविन थाल्यो

वि.सं.२०८२ साउन ७ बुधवार

678 

shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना नेताहरूमाथि कारबाहीको विषयलाई लिएर छानविन थालेको छ ।
नवराज सुवेदी, सगुनसुन्दर लावती, मुकुन्द श्याम गिरी, धवलशम्शेर राणा र धनशुर शाहीले आफुहरुलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएपछि आयोगले छानबिन थालेको हो ।

आयोगकी प्रवक्ता सीता पोखरेलले आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँच नेताहरूले उजुरी दिएपछि उनीहरुमाथि कारबाहीको विषयमा बुझ्न जानकारी माग गरेर राप्रपालाई पत्र पठाएको जानकारी दिइन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट सुवेदीलाई हटाएका थिए भने लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यस्तै गिरीलाई पनि उनले उपाध्यक्षबाट पदमुक्त गरेका छन् ।

त्यसअघि लिङदेनले महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।

वि.सं.२०८२ साउन ७ बुधवार १३:१० मा प्रकाशित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...