back
CTIZAN AD

घुस डिल प्रकरण : पूर्वभूमि व्यवस्थामन्त्री बयान दिन अख्तियारमा

वि.सं.२०८२ साउन ७ बुधवार

888 

shares

काठमाडौं । घुस प्रकरणमा बयान दिन पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ अख्तियारमा पुगेकी छन् । अख्तियार स्रोतका अनुसार श्रेष्ठ आज बिहान अख्तियार हाजिर भएकी हुन् ।

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनी समेत संलग्न रहेको देखिएपछि अख्तियारले बयानका लागि बोलाएको हो ।
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।

‘त्यही सिलसिलामा हेर्दा तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठले उनीसँग समेत रकम मागेको भेटियो’ अख्तियार स्रोत भन्छ, ‘उनी मात्रै होइन, उनको निजी सुरक्षा अधिकृत (पीएसओ) को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो ।’

यही प्रकरणमा राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मंगलबार अख्तियारले भ्वाइस टेस्ट गरेको छ भने बिचौलिया सुजन लामाले पनि बयान र भ्वाइस टेस्ट दिइसकेका छन् । अख्तियारले श्रेष्ठसँग सार्वजनिक भएको अडियोमा भ्वाइस टेस्ट र अरु आवश्यक सोधपुछ गरेको छ ।

वि.सं.२०८२ साउन ७ बुधवार १५:२५ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...