back
CTIZAN AD

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

वि.सं.२०८२ साउन ७ बुधवार

693 

shares

बागमती । उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१÷८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१÷८२ मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने एक लाख हजार नौ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व सङ्कलन गरेको छ ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा आएको कमी, ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेकाले ट्राफिक नियम परिपालनामा प्रगति भएको बताउँदै उनले कारबाहीमा भएको अनलाइन प्रणालीको विकासलगायत कारणले आव २०८०÷८१ को तुलनामा आव २०८१÷८२ मा राजस्व सङ्कलन बढ्नुका साथै सवारी दुर्घटनामा कमी आएको जानकारी दिए ।

आव २०८०÷८१ मा सो कार्यालयले दुई लाख ९१ हजार २९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार ५०० राजस्व सङ्कलन गरेको थियो । आव २०८१÷८२ मा बागमती प्रदेशको उपत्यकाका तीनबाहेक १० जिल्लामा भएका दुई हजार ४२२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको छ भने चार हजार ७५१ जना घाइते भएका प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति अझै देखिएकाले राजमार्ग तथा अन्य सहायक मार्गहरूमा समेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

वि.सं.२०८२ साउन ७ बुधवार १६:१९ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...