back
CTIZAN AD

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

वि.सं.२०८२ साउन ७ बुधवार

750 

shares

काठमाडौं। बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ८०.९७ अंकले बढेको नेप्से परिसूचक आज ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको हो।

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकममा मंगलबारको तुलनामा कमी आएको छ। मंगलबार २० अर्बमाथिको कारोबार भएकोमा आज १९ अर्बको सेयर कारोबार भएको छ।

यसदिन ३१९ स्क्रिप्सको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढेपनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

ट्रेड टावर र सानभी इनर्जीको सेयर ९.९९ प्रतिशतले बढ्यो। यसैगरी ग्रीन भेन्चर्सको ९.४० प्रतिशतले बढ्दा लिबर्टी इनर्जीको ७.०८ र बेस्ट फाइनान्सको सेयर ५.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७८ करोड बढीको सेयर कारोबार भयो। शिवम् सिमेन्टले ७५ करोडको सेयर कारोबार गर्दा नेपाल इन्फ्रास्टक्चर बैंकको ६२ करोड र नेपाल रिइन्स्योरेन्सको ५५ करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९८ स्टक्सको मूल्य बढ्दा १५२ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो। फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.२३ प्रतिशतले बढ्यो।

वि.सं.२०८२ साउन ७ बुधवार १५:५० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...