back
CTIZAN AD

महाभारतद्वारा १२ कक्षासम्मको शिक्षा निःशुल्क

वि.सं.२०८२ साउन ८ बिहीवार

519 

shares

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणपूर्वी दूर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । कक्षा १२ सम्म अध्ययनरत कुनैपनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिकामा रहेका विभिन्न ५० विद्यालयमा ६ हजार ५४ विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परीक्षा बोर्डले लिने शुल्कबाहेक कुनै पनि शुल्क तिर्न नपर्ने जनाइएको छ । यस निर्णयसँगै बार्षिक ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन निःशुल्क शिक्षा सुरु गरिएको हो ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्राथमिक तहका ३२, आधारभुत ९, माध्यमिक ८ र एक प्रावधिक अर्थात् कृषि बाली विज्ञान विषय अध्यापन गराउने विद्यालयसहित ५० शैक्षिक संस्था छन् । यस्तै पुर्वप्राथमिक तहमा ७ सय ७८, प्राथमिक तहमा २ हजार ४ सय १५, आधारभुत तहमा १ हजार ४ सय २७, माध्यमिक (९–१०) तहमा ९ सय ८१ र कक्षा ११ र १२ मा ४ सय ५३ जना विद्यार्थी अध्ययन गरिरहेका हुन् । गाउँपालिकास्थित श्री भैरव माध्यमिक विद्यालयमा कृषिअन्तर्गत बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ । कक्षा ११–१२ अध्ययन हुने गोकुले मावि, घर्तिछापको जनकल्याण मावि र बुढाखानीको ग्रामोन्नती माविमा शुल्क लिएर अध्यापन हुँदै आएकोमा अब विद्यार्थीले शुल्क तिर्नु नपर्ने भएको हो ।

गरिव, विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्जित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा कार्यक्रम ल्याइएको जिम्माको भनाई छ । “शैक्षिक सुधारका साथै सक्षम जनशक्ति उत्पादनमासमेत यस कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ”, जिम्माले भन्नुभयो । यसअघि गत जेठ ३० गते महाभारत अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भइसकेको छ ।

वि.सं.२०८२ साउन ८ बिहीवार १४:५४ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...