back
CTIZAN AD

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज पर्व मनाउँदै

वि.सं.२०८२ साउन ११ आइतवार

849 

shares

कञ्चनपुर । कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा अवसरमा कञ्चनपुरका छ पालिकाले आज सार्वजनिक बिदा समेत दिइएको छ ।

शुक्ल पक्षको तृतीया तिथिका दिन आज पर्ने राना थारू समुदायको तीज पर्वका लागि कृष्णपुर, बेलौरी, पुर्नवास, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाले बिदा दिएका छन् । पालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा बिदा दिइएको हो ।

तीज पर्वलाई राना थारु समुदायका महिलाहरूले धार्मिक आस्था, पारिवारिक समर्पण र सांस्कृतिक पहिचानका रूपमा विशेष रूपमा मनाउने गर्दछन् । विशेषतः दिदीबहिनीहरूले आफ्ना दाजुभाइ, भतिजा र परिवारजनको दीर्घायु र कल्याणको कामना गर्दै निराहार व्रत बस्ने यो पर्व नारी–शक्ति र परम्परागत श्रद्धाको प्रतीक मानिन्छ ।

यस अवसरमा दाजुभाइले गाउँको बीच भागमा राखिएको सावनको डोला (पिङ) मच्चिँदै थारू महिलाहरूले परम्परागत धार्मिक भावनाले ओतप्रोत माङ्गलिक गीतहरू गाउने गर्छन् । उनीहरूको हौसला बढाउन दाजुभाइले पनि साथ दिन्छन् । साँझपख परम्परागत विधिमा आधारित पूजा गरेर नदीमा पूजा सामग्री विर्सजन गर्दै दाजुभाइको पानीको धारजस्तै लामो आयुको कामना दिदीबहिनीले गर्दछन् ।

राना थारू समुदायमा तीजले दाजुभाइ–बहिनीबीचको आत्मिक सम्बन्ध झन् प्रगाढ बनाउन बल प्रदान गर्दछ । कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना रानाथारू समुदायको तीज जस्तै प्रत्येक जात, धर्म, समुदायका पर्वले धार्मिक सहिष्णुता र सामाजिक मेलमिलापलाई प्रवद्र्धन गर्ने बताउनुहुन्छ । उहाँका अनुसार, नगरपालिकाले राना थारू समुदायको धार्मिक स्वतन्त्रता र सांस्कृतिक पहिचानको सम्मान गर्दै बिदा दिने निर्णय गरेको छ ।

लालझाडी गाउँपालिकाले साउन ११ गते तीज र साउन १३ गते गुरही पर्व र नाग पञ्चमी गरी दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकामा भने राना थारू कर्मचारीलाई मात्रै बिदा दिइएको छ ।फाईल फोटो

वि.सं.२०८२ साउन ११ आइतवार १०:२७ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...