back
CTIZAN AD

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित

वि.सं.२०८२ साउन ११ आइतवार

468 

shares

इलाम । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् । चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भने, “चार दिन भयो, निद्रा नै लाग्दैन । ”

 

गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो । यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रविन गुरुङले जानकारी दिए। “चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ”, उनले भने ।

 

चितुवाको उपद्रो लोसेसम्म सीमित छैन । शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन् । एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन् ।

 

“बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो”, माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भने, “अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन् ।” वन्यजन्तुको आतङ्कले खसीबाख्रामात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ । मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ ।

 

तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन । “जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन”, इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले भने ।

 

वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ । किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन् । “हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ”, किसान शेरबहादुर गुरुङले भने, “न त निद्रा पाएका छौँ, न त राहत ।”

 

वि.सं.२०८२ साउन ११ आइतवार १०:४२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...