back
CTIZAN AD

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई मन्त्रीका गाडी दुर्घटना

वि.सं.२०८२ साउन १३ मंगलवार

1.2K 

shares

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ । मन्त्रीका चालकले बाटोमा उभिएका व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएपछि पछाडिको गाडी ठोक्किएको हो ।

भौतिकमन्त्री सुरेन्द्रबहादुर पाल चढेको गाडी र कानुनमन्त्री हीरा सार्की चढेको गाडी लम्कीमा ठोक्किएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि भौतिक पूर्वाधार मन्त्रालयको से. १ झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए । त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो ।

दुवै गाडी क्षतिग्रस्त भएपनि गाडीमा रहेका मन्त्रीसहित सबैको अवस्था सामान्य रहेको छ । प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका–कटासेमा निर्माण सम्पन्न जलविद्युत् आयोजनाको उद्घाटनका लागि पुगेका छन् ।

वि.सं.२०८२ साउन १३ मंगलवार १५:४६ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...