back
CTIZAN AD

तीन हजार अंकमा उक्लियो नेप्से, कारोबार रकम पनि उल्लेख्य

वि.सं.२०८२ साउन १३ मंगलवार

1.4K 

shares

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयरबजार परिसूचक (नेप्से) ३०.७६ (१.०३ प्रतिशत) अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै परिसूचक पनि तीनहजार अंकबाट उकालो लागेको हो ।

पछिल्ला दिनहरुमा नेप्सेमा भएको करोबार रकम उच्च छ । परिसूचक बढ्दै जाँदा कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको देखिएको हो ।

मंगलबार कूल सूचिकृतमध्ये २५० कम्पनीका करिब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरका चार करोड १८ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

अधिकांस कम्पनी उपसूचक समुहमा हारियाली छाएको आजको बजारमा विकास बैंक समुह, वित्त कम्पनी समूह र ब्यापार समुहका लगानीकर्ता भने निरास देखिएका छन् ।

मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी लगायका कम्पनीहरुका लगानीकर्ताहरु सबैभन्दा धेरै कमाउनेमा परेको आजको बजारमा समता लघुवित्त, बिन्ध्यवासिनी हाइड्रो, उन्नती लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताहरु भने धेरै गुमाउनेमा परेका छन् ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुमा हिमालयन डिस्टिलरी, ग्रिनभेन्चर लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनीहरु दरिएका छन् भने प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सनराइज ब्लुचिफ फण्ड लगायतका कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ साउन १३ मंगलवार १५:४३ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...