back
CTIZAN AD

अमेरिकामा सिसेक्पा तङ्नाम २०२५ मनाइयो

वि.सं.२०८२ साउन १३ मंगलवार

3K 

shares

अमेरिका । किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा आयोजना गरिएको यस वर्षको सिसेक्पा तङ्नाम २०२५ विशेष कार्यक्रम सम्पन्न भएको छ ।

गत आइतबार अमेरिकाको न्युयोर्कस्थित क्विन्स ब्रीड्ज पार्कमा सम्पन्न उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिहरुमा आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका सस्थापक अध्यक्ष श्याम मेन्याङ्बो कानुनी सल्लाहकार दुर्गा सुब्बा र मिल्ट्री अड्भाइजर मिस्नरी अफ नेपालका कर्णेल रोहित गुरुङ रहेका थिए ।

त्यसैगरी चलचित्र निर्देशक किशोर सुब्बा उद्यमि व्यावसायी तथा समाजसेवी केशवराम राई पुर्व एआइजि अमर नेम्वाङ नृत्य निर्देशक गोविन्द राई नेपाली कलाकार संघ अमेरिकाको अध्यक्ष बसन्ती राई लगायत विशेष व्यक्तित्वहरुको उपस्थिती रहेको यस वर्षको सिसेक्पा तङ्नाम कार्यक्रममा किरात याक्थुङ चुम्लुङ नेपालको पूर्वउपाध्यक्ष लिला सिङगक तुम्याहाङ प्रेम मेन्याङ्बो शिव लाबुङको नेतृत्वमा धान नाच के लाङ प्रस्तुत भएको थियो ।

कार्यक्रममा नेपाल लगायत अमेरिकाको अन्य स्टेटबाट आएका लिम्बू दाजुभाइ तथा दिदिबहिनीहरुलाई प्रमुख अतिथिबाट खादा ओढाई सम्मान गरिएको थियो भने बिङ्गो, छेलो, डोरि तान्ने लगायतका खेलहरु समेत भएका थिए ।

उक्त कार्यक्रममा कलाकार नवीना लिम्बू र सनाया थापाको बेजोड नृत्य प्रस्तुति रहेको थियो । प्रमुख अतिथि दधिराम भण्डारीले लिम्बू जातिको सिसेक्पा तङ्नाम जस्तै अन्य जातिहरुको पनि विशेष पर्वहरु मनाउनु आवश्यक रहेको र यसका लागि महावाणिज्यदूतावासको तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै कार्यक्रमका सभापति तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन पयाङ्गु लिम्बुले आफ्नो सस्कार सस्कृती चाडपर्व आदिको प्रबद्र्धन गर्दै भावी पुस्ताहरुलाई पुस्ता हस्तान्तरणका लागि सिसेक्पा तङ्नाम जस्तो पर्वहरुको विशेष कार्यक्रम गर्नु आवश्यक रहेको बताए ।

लिम्बू तथा गैरलिम्बुहरुको उल्लेख्य उपस्थिति रहेको यस वर्षको सिसेक्पा तङ्नाम विशेष कार्यक्रम सस्थाका अध्यक्ष पुरन पयाङ्गु लिम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

वि.सं.२०८२ साउन १३ मंगलवार १५:२८ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...