काठमाडाैँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा नेपालको अटो मोबाइल उद्योगलाई प्रोत्साहित गर्न भृकुटी मण्डपमा नाडा अटा शाे २०२५ हुने भएकाे छ । अहिलेके अटो शोलाइ नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय भनिएका छ ।
नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी युनिटीले अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा गर्दैछ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित शोको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् ।
आयाेजकका अनुसार यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब हो। “Go For More भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ । याे अटो शो तीन लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्रसहित नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो हुनेछ।
पत्रकार सम्मेलन मार्फत दिइएके जानकारीमा अटे शेलाइर् उन्नत प्रविधि र भविष्यतर्फको कदम बनाउन प्रयत्न गरिने छ । जस अन्तर्गत UNITREE रोबोट्स – स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोटहरू, Deepal eVTOL UAV भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक देखाइने छ ।
अटाे शाेमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकसहित ११ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएके छ ।
अटाे शाेमा सुविधाजनक चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवाका जोन विभाजन गरिने भएके छ । टिकट प्रि-बुकिङ खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने छ । सञ्चारकर्मीहरूको समन्वयका लागि मिडिया डेस्क राखिने छ । महानगरीय ट्राफिक प्रहरी साझेदारीमा ट्राफिक सूचना डेस्क स्थापना गरिने छ । आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रण व्यवस्था समेत गरिने भएके छ ।
प्रमुख आकर्षणका रूपमा विन्टेज मोटर शो-ऐतिहासिक सवारी साधनहरूको प्रदर्शन हुनेछ । जसमा Morris Minor, Fiat Peugeot Beetle, Mini Cooper, Toyota RT, Mercedes Benz, Toyota RT40, VW Bus, Toyota Corolla, Mazda Familia, Toyota MR2 रहनेछन् ।
यस्तै Made in Nepal Pavilion – स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्सको प्रदर्शनी, International Business Pavilion– अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गर्ने थलो, सेमिनार, कार्यशाला, अन्तरक्रिया – ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित
दैनिक भाग्यशाली विजेता घोषणा- एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा Nepal Lube Oil Ltd. द्वारा प्रायोजित) समेत हुनेछ ।
दावीभन्दा पर उदाहरणीय नेतृत्वको चिनारी हुनेछ । जहाँ कतिपयले आफूलाई ‘ठूलो” वा “सबैभन्दा राम्रो भन्दै हल्ला गर्छन्, त्यहाँ नाडा अटो शोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैलाई स्थापित गरिसकेको छ।
१६ संस्करणहरूको सफल इतिहास, अग्रणी ब्रान्डहरूको सहभागिता, र लाखौं दर्शकहरूको विश्वासले नाडा अटो शो लाई नेपालको अटोमोटिभ उद्योगको सर्वोत्कृष्ट मञ्चको रूपमा परिचित गराएको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चाैधरीले नाडाकाे यात्रामा सबैको सहभागिता महत्वपूर्ण हुने भन्दै उपभोक्ता, प्रविधिप्रेमी, उद्यमी वा उद्योग विश्लेषक रहेकाे उल्लखे गरे । उनले नवप्रवर्तन अनुभव गर्न र सम्भावनाहरू अन्वेषण गर्न नाडा अटो शो २०२५ मा सहभागि हुन सबैलाइ निम्ताे दिएका छन् ।
वि.सं.२०८२ साउन २० मंगलवार १५:१७ मा प्रकाशित






























