back
CTIZAN AD

असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

वि.सं.२०८२ साउन २० मंगलवार

561 

shares

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ । मङ्गलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशमन्त्री र सचिवहरू सम्मिलित विषयगत समितिको बैठकले २०८२ असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको हो ।

सबै प्रदेशका यातायात व्यवस्था कार्यालयहरूले सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्नेछन् । यातायात व्यवस्था विभागले प्राविधिक सहयोग प्रदान गर्दै गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी परिचालित गरेर प्रभावकारी नियमन गर्ने निर्णय भएको छ ।

यसैगरी, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको सम्झौता अनुसार २०८२ भाद्र मसान्तभित्र सवारी चालक अनुमति पत्र छपाइ सुरु गर्ने र कोशी, बागमती र गण्डकी प्रदेशले खरिद प्रक्रिया अगाडि बढाएकोमा तत्काल छपाइ सुचारु गर्न अनुरोध गरिएको छ ।

बैठकले १० वर्षे सवारी चालक अनुमति पत्रको राजस्वमा एकरूपता, तथ्याङ्क डिजिटलाइजेशन, विद्युतीय भुक्तानी, सफ्टवेयर व्यवस्थापन, बेरुजू फछ्र्योट र राइड सेयरिङमा एकरूपता कायम गर्ने निर्णय गरेको छ । मन्त्री दाहालले सङ्घीयता कार्यान्वयन र नागरिक सेवालाई छरितो बनाउन तीन तहको समन्वय आवश्यक रहेको बताए ।

वि.सं.२०८२ साउन २० मंगलवार १७:१७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

आजको मौसम, यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा हुने

आजको मौसम, यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...