back
CTIZAN AD

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

वि.सं.२०८२ साउन २० मंगलवार

642 

shares

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको व्यवस्था गरिएको छ । हरेक वर्ष साउनको एकादशीदेखि जनैपूर्णिमासम्म गोसाइँकुण्ड मेला भर्न जाने प्रचलन रहेबमोजिम त्यसतर्फ जानेक्रम सुरु भएको छ ।

धुञ्चेका युवा समूहमार्फत भक्तजनका लागि निःशुल्क तातोपानीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताए । समुद्रसतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको सो कुण्डमा स्नान तथा पूजाआराधना गरे जानअन्जानमा गरिएका पापबाट मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

अहिले तीर्थयात्रुको धुन्चे हुँदै त्यसतर्फ जाने क्रम सुरु भएको र यस वर्ष जनैपूर्णिमाका दिनसम्म यस वर्ष १५ हजार तीर्थालु भक्तजनले पवित्रकुण्डको स्नान गर्ने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले जानकारी दिए ।

अध्यक्ष डिएमका अनुसार गोसाइँकुण्ड यात्राका क्रममा धुञ्चेदेखि खन्तिसम्मको अप्ठ्यारो पैदलबाटो मर्मतसम्भारसहित सरसफाइ गरिएको, खानेपानीको व्यवस्था मिलाइएको, ठाउँठाउँमा अस्थायी आवासको प्रबन्ध गरिएको, गोसाइँकुण्डसहित बाटोमा पर्ने बुद्धमन्दिर, चोलाङपाटी, चन्दनबारी, देउराली, तिवारी बगर र धुञ्चे क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको र शान्तिसुरक्षासहित अन्य अत्यावश्यकीय सामग्रीको समेत प्रबन्ध गरिएको छ ।

यसैगरी, गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, पञ्चधाम समिति, काठमाडौँस्थित ग्रिनसिटी अस्पताल र गोसाइँकुण्ड गाउँपालिका तथा अन्य स्थानहरूमा रसुवा जिल्ला अस्पतालसहित जिल्ला आयुर्वेर्दिक औषधालय, नेपाली सेनाले यात्रुलाई उपचारसेवा दिने व्यवस्था प्रबन्ध गरिएको छ ।

यसैबीच रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तीर्थयात्रुको सुरक्षाका लागि बेत्रावतीदेखि गोसाइँकुण्डसम्म ठाउँठाउँमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क भई तीर्थयात्रा गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर मल्लले उच्चस्थानमा रहेको चिसो कुण्डमा स्नान गर्नेक्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । अहिले वर्षा भइरहे पनि काठमाडौँ र पृथ्वीराजमार्गको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारहुँदै धुन्चेसम्मको सडकमार्गमा कुनै अवरोध नभएको र धुन्चेदेखि करिब चार किलोमिटर पैदल बाटो आवश्यक मर्मतसहित सरसफाइ गरेकाले ढुक्क भई मेला भर्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले सबैसँग अनुरोध गरेको छ ।

वि.सं.२०८२ साउन २० मंगलवार १७:१९ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा...

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

आजको मौसम, यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा हुने

आजको मौसम, यी प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...