back
CTIZAN AD

यस्तो नि मान्छे !

वि.सं.२०८२ साउन २० मंगलवार

3.6K 

shares

सुन्दर अनुहार लागेको थ्यो दागै दाग पो देखिंदो रहेछ
जसलाई राम्रो सोचेको थ्यो ऊ त हेर्नै नहुने भएछ
मान्छेको भित्री मन नचिनिने प्राकृतिक नियम नै हो
पिंध नभाको लोटा भन्थ्यो उसैसँग पो सती गएछ ।

जसको केही ढङ्गै छैन उसैले पार्ने रे धुलोपिठो
जसको केही सीपै छैन उसैको अरुसँग छोइछिटो
जो खाली दिमागको पछि लाग्छ आफैँ केही गर्नै सक्तैन
अरुलाई रिस गर्दै, उसैलाई चाहियो छ पद चाहिँ ठूलो मीठो ।

अरुले ‘तपाई’ भनोस् नभनोस् उसलाई ‘मपाई’ बन्नुपर्छ
अरुलाई सधैँ ‘सानो’ देख्छ आफैं ‘ठूलो’ भन्नुपर्छ
‘चेतनाशून्य’ भएर पनि सधैँ अगाडि बस्न रुचाउने
यतिले मात्र के पुग्थ्यो उसलाई, आफ्नाकै खेदो खन्नुपर्छ ।

आफ्नै बुद्धि बिग्रेकाले हिंड्नु पर्ने भागी भागी
लाजै नमानी चाकडी गर्दै षडयन्त्रको पछि लागी
इज्जत नै नभएपछि बेइज्जत होला भन्ने के पीर भो र ?
डर लाग्यो ? छेकिएर बस, बनौला इमान्दारको रीसको भागी ।

वि.सं.२०८२ साउन २० मंगलवार १७:२१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...