back
CTIZAN AD

बुधबारसम्म मुलुकका यी ६ नदीमा बाढीको जोखिम

वि.सं.२०८२ साउन २० मंगलवार

651 

shares

काठमाडौँ । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि दिउँसो ३ः०० बजेदेखि नदीको जलसतह घटेको जानकारी गराए ।

“बबई नदीमा ५ दशमलव ५ मिटर चेतावनीको तह र ६ दशमलव ८ मिटर खतराको तह मापन गरिन्छ । तर, आज मध्याह्नसम्म ७ दशमलव १ मिटर पुगेको थियो । अहिले भने जलसतह घटेर ६ दशमलव ६२ पुगेको छ,” उनले भने, “आज काभ्रेपलान्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।”

बाढीविद् पराजुलीका अनुसार बाढीको उच्च जोखिम रहेका क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ ।

वि.सं.२०८२ साउन २० मंगलवार १७:२४ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...