back
CTIZAN AD

धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

वि.सं.२०८२ साउन २३ शुक्रवार

1.5K 

shares

बलेवा (बागलुङ) । धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा सर्वोत्कृष्ट बनेको क्याम्पसले यसवर्षदेखि प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो ।

स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताए । उनका अनुसार साबिकको धौलागिरि क्षेत्रका चार जिल्लामा रहेका क्याम्पसमध्ये बिआइसिटिई कक्षा सञ्चालन गर्ने धवलागिरि पहिलो क्याम्पस हो । २१औँ शताब्दीको शिक्षक बन्ने विद्यार्थीको चाहना पूरा गर्ने, प्रविधि र शिक्षा दुवैमा दक्ष बनाउने अभियानअन्तर्गत प्राविधिक विषयमा पठनपाठन सुरु गरिएको पौडेलले बताए । बिआइसिटिई कार्यक्रमले शिक्षणसँगै आवश्यक तथ्याङ्क विश्लेषणमा नविनतम् प्रविधिको प्रयोग गर्नसक्ने जनशक्ति तयार हुने उनले विश्वास व्यक्त गरे । ‘डिजिटल’ युगमा अत्यावश्यक सुरक्षा सीप र नेटवर्क व्यवस्थापनमा दक्ष जनशक्तिको उत्पादन धवलागिरिमा हुने उनले दाबी गरे ।

बिआइसिटिई पढेका विद्यार्थी सरकारी तथा गैरसरकारी संस्थामा रोजगारीका लागि तयार हुनाका साथै स्वरोजगार समेत बन्न सक्ने भएकाले यसको माग बढेको उनले बताए । उनका अनुसार क्याम्पसले विद्यार्थी र समयको मागलाई ध्यान दिएर प्राविधिक विषय पढाउन थालेको हो ।

 

वि.सं.२०८२ साउन २३ शुक्रवार १६:२२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...