back
CTIZAN AD

बीमा शुल्क आर्जनमा नेपाल लाइफ अब्बल, तीन कम्पनी बीच तिब्र प्रतिस्पर्धा

वि.सं.२०८२ साउन २३ शुक्रवार

3.3K 

shares

काठमाडौं । बीमा शुल्क आर्जनमा नेपाल लाईफ अब्बल देखिएको छ । शुक्रबार सार्बजनिक जीवन बीमा व्यवसाय गर्ने कम्पनीको वित्तिय विवरणमा यस्तो देखिएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल लाइफले ४८ अर्ब रुपैंयाँ बराबरको व्यवसाय गरेको छ । यो अवधिमा उसको २२ लाख ८७ हजार सक्रिय बीमालेख रहेको छ । उसको गत आर्थिक वर्ष भरिको आम्दानी जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुको कूल आम्दानीको २६.४८ प्रतिशत हो ।

नेशनल लाईफ, लाइफ इन्स्योरेन्स कर्पाेरेसन(नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका बीच तिब्र प्रतिस्पर्धा देखिएको हो । गत बर्ष ति तीन कम्पनीले गरेकाे आम्दानी कूल आम्दानीको ३३.०८ प्रतिशत अर्थत ६२ अर्ब २८ करोड रुपैंयाँ रहेको छ । उनीहरुको आम्दानी भने नेपाल लाइफ एक्लैकोभन्दा करिब ६.६ प्रतिशतले मात्रै बढी हो ।

तीन कम्पनी बिच तिब्र प्रतिस्पर्धा

आम्दानीका आधारमा गत वर्ष तीन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । नेशनल लाईफ, लाइफ इन्स्योरेन्स कर्पाेरेसन(नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका बीच तिब्र प्रतिस्पर्धा देखिएको हो । गत बर्ष ति तीन कम्पनीले गरेकाे आम्दानी कूल आम्दानीको ३३.०८ प्रतिशत अर्थत ६२ अर्ब २८ करोड रुपैंयाँ रहेको छ । उनीहरुको आम्दानी भने नेपाल लाइफ एक्लैकोभन्दा करिब ६.६ प्रतिशतले मात्रै बढी हो ।

बीमा व्यवसाय गर्ने कम्पनीहरुकोसमग्र अम्दानीमा राष्ट्रिय बाणिज्य बैंककोसमेत सेयर स्वामित्व रहेको नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । उसले गत वर्ष कूल २२ अर्ब ४२ करोड रुपैंयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन कूल बीमा शुल्कको १२.३६ प्रतिशत हो । त्यस्तै भारतीय जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन इन्डियाको ५५ प्रतिशत सेयर स्वामित्व रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल तेस्रो स्थानमा रहेको छ । उसले कूल बीमा शुल्क आमदानीको १०.९८ प्रतिशत अर्थत १९ अर्ब ९३ करोड रुपैंयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्ष तीन वटा जीवन बीमा कम्पनी(प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाईफ)हरु एकापसमा मर्ज भएर स्थापना भएको जीवन बीमा कम्पनी हिमलयन लाइफ इन्स्योरेन्स कम्पनी आम्दानीको आधारमा जीवन बीमा कम्पनीहरुमा चौथो भएको छ । उसले कूल आम्दानीको ९.७३ प्रतिशत अर्थत १७ अर्ब ६६ करोड रुपैंयाँ बराबरको बीमाशुल्क आम्दानी गरेको छ ।

यसरी हेर्दा नेपालको अहिलेको जीवन बीमा व्यवसायको झण्डै ६० प्रतिशत हिस्सा यीनै चार वटा बीमा कम्पनीहरुले ओगटेका छन् । लघु बीमा बाहेक हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय गरिरहेका छ । जस मध्ये एउटा बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी मात्र नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो । जसको आम्दानीको अवस्था भने कूल आम्दानीको ५.४३ प्रतिशत मात्र रहेको छ ।

तालिकामा हेर्नुहोस् गत आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरुको आम्दानीको अवस्था

बीमक कुल सक्रिय रहेको
बीमालेख संख्या
प्रथम बीमाशुल्क
(बैदेशिक रोजगार बाहेक)
बैदेशिक रोजगार
बीमाशुल्क
नवीकरण बीमाशुल्क कुल बीमाशुल्क कुल बीमाशुल्कमा
अंश (% मा)
नेपाल लाइफ २,२८७,९२१ १०४,९५१.३३ २,४७८.३९ ३७२,९५०.४३ ४८०,३८०.१५ २६.४८
नेशनल लाइफ १,५१९,७४५ ५८,४९३.८५ १,९६१.४५ १६३,७८९.६७ २२४,२४४.९७ १२.३६
लाइफ इन्स्योरेन्स कर्पोरेशन ६९१,८७१ ३०,३८१.९४ १६८,८७३.९३ १९९,२५५.८७ १०.९८
हिमालयन लाइफ ४२०,७४१ २८,०३६.२२ १०५.२९ १४८,४६६.४५ १७६,६०७.९७ ९.७३
सूर्यज्याेती लाइफ ७९२,२५२ ३०,६९१.०० १,१७०.५७ ८०,०११.९४ १११,८७३.५१ ६.१७
एशियन लाइफ ९२४,४०८ २१,४२४.४० १०,५५४.१८ ७०,५०५.८९ १०२,४८४.४६ ५.६५
राष्ट्रिय जीवन बीमा कम्पनी ५६१,९०३ ११,११८.५० ८७,४४७.६६ ९८,५६६.१६ ५.४३
सिटीजन लाइफ ९६९,७७० २१,८४३.२८ १,७२१.६२ ५१,५४८.२९ ७५,११३.१९ ४.१४
सानीमा लाइफ ६६४,७१५ १९,४८४.८० १,७३८.६६ ४८,८४५.५५ ७०,०६९.०० ३.८६
मेटलाइफ ६९८,२३३ १४,५०१.७८ ४८,०८२.०९ ६२,५८३.८६ ३.४५
आइएमई लाइफ ७३५,२८१ १६,८१५.३७ २,४९८.३४ ३७,२१३.६५ ५६,५२७.३६ ३.१२
प्रभु महलक्ष्मी लाइफ २७५,५१० १५,९८७.८५ १,४६९.३७ ३६,२४३.९६ ५३,७०१.१९ २.९६
रिलायन्स लाइफ २,४९४,८१९ १६,३८८.९९ १,१४१.६७ ३५,३१५.३३ ५२,८४५.९९ २.९१
सन नेपाल लाइफ १,०६५,३२० ११,६४१.१७ १०,३९६.१७ २८,००८.१५ ५०,०४५.४९ २.७६
जम्मा १४,१०२,४८९ ४०१,७६०.४९ ३५,२३५.७१ १,३७७,३०२.९८ १,८१४,२९९.१८ १००.००

 

 

वि.सं.२०८२ साउन २३ शुक्रवार १६:३८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...