back
CTIZAN AD

आजको राशिफल : तपाईको दिन कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ साउन २६ सोमवार

630 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। कमजोरीले चिन्ता बढाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि ऋणभार बढ्न सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यताले मन खिन्न तुल्याउनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत प्राप्त होला।NABIL BANK ADKUMARI BANK AD

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दुःख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। ईष्र्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्न सक्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आजको उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। केही उपहार प्राप्त हुने देखिन्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणभार भने बढ्ने सम्भावना छ। मध्याह्नदेखि ईष्र्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। तर दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै केही जिम्मेवारी समेत हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नदेखि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

२०८२ साउन २६ गते सोमवार, ११ अगस्ट
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ साउन २६ सोमवार ०८:२२ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...