back
CTIZAN AD

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

वि.सं.२०८२ साउन २८ बुधवार

1.7K 

shares

भोजपुर । पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो ।

गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण गरिएको छ ।

पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुअब्जा दिएर यहाँका दुई वटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

यहाँ विश्रामस्थल, बालबालिका र ज्येष्ठ नागरिकका लागि पार्क निर्माण भइरहेको छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर थप विकास तथा संरक्षण गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। पोखरीको मौलिकता जोगाउँदै संरक्षण गरिएको अध्यक्ष राईको भनाइ छ ।

“गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ”, अध्यक्ष राईले भने, “यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपीआर बनाइसकेका छौँ । च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ ।”

विगतमा च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीय नीरबहादुर फुयालको भनाइ छ ।

पोखरीकै छेउको रहेको पञ्चकन्या मन्दिरमा विभिन्न समयमा भक्तजनको जमघट हुने गरेको छ । यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । रासस

 

वि.सं.२०८२ साउन २८ बुधवार १०:३८ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...