back
CTIZAN AD

भड्किएको आत्मासँग मेरो अनुभव

वि.सं.२०८२ साउन २८ बुधवार

4.9K 

shares

मैले आत्महत्या गरेर भडकिएको आत्मासँग एक महिना बिताएको छु।। के तपाईं पत्याउनु हुन्छरु यो कुनै कल्पना होइन, मेरो आफ्नै जिउँदो अनुभव हो, साँचो र डरलाग्दो, असह्य। वास्तबिक जीवनको। यदि तपाईं मेरो ठाउँमा हुनुहुन्थ्यो भने।।। तपाईंले त्यो अनुभव कस्तो हुन्थ्यो होला रु कल्पनासम्मले पनि मुटु काप्छ होला। त्यो उराठलाग्दो, त्यो अशान्त आत्माको करुण क्रन्दन, सन्नटा र मृत्युको भए।, भूत, प्रेत, मसान र पिचासहरूको बीचमा कैयौं रातहरु एक्लै बिताउदाको क्षण ! यो लेख मेरो त्यही अनुभवको स्मरण हो।

त्यो समय म एक विकासकर्मीको रूपमा कार्यरत थिएँ, र मेरो पदस्थापन नेपालगञ्जमा थियो। संस्थाको कार्यक्रम विस्तार गर्ने सिलसिलामा कञ्चनपुर जिल्ला चयन गरियो। विकासका लागि परियोजना क्षेत्र छनोट गर्ने आफ्नै मापदण्डहरू थिए। योजनालाई दातृ निकायहरूसँग प्रस्तुत ‘मार्केटिङ्ग गर्नका लागि थोरै ‘गरिबी’ हुनु आवश्यक हुन्थ्यो। साथै, आफुले लगाए(अराए अनुसार कुनै प्रश्न नगरि खुरुखुरु काम गर्ने स्थानिय गैरसरकारी संस्था आवश्यक पर्दथ्यो, जसलाई विकासको भाषामा ‘साझेदारी संस्था’भनिन्थ्यो। त्यसैगरी, परियोजना भ्रमण (हामीले त्यसलाई “मोनिटरिङ्ग र मेन्टरिङ्ग”भन्दथ्यौ) को क्रममा बस्न मिल्ने सुविधासम्पन्न होटलको उपलब्धता पनि महत्त्वपूर्ण मानिन्थ्यो। त्यो क्षेत्रका समुदायले विकासलाई अधिकार नभई अनुग्रहका रूपमा ग्रहण गर्ने प्रवृत्ति पनि परियोजना कार्यान्वयनका लागि सहज मानिन्थ्यो। साथै, सुदूरपश्चिम क्षेत्र भएकाले परियोजनाको ‘कभरेज’ र ‘लर्निङ’ दुवै दृष्टिले कञ्चनपुर उपयुक्त देखियो र अन्ततः चयन गरियो।

म कार्यरत संस्था (INGO) तत्कालीन समयको सन्दर्भमा योजना निर्माण र कार्यान्वयनमा ईमानदार थियो। हामीमा ‘योजनामार्फत गरिबी निवारण सम्भव छ’भन्ने विश्वासमा थियो। त्यसैले, रोबर्ट च्याम्बर्सद्वारा प्रवर्तित सहभागितामूलक ग्रामीण मूल्याङ्कन (PRA) विधिबाट सर्वेक्षण गर्ने निर्णय गरियो। एक जम्बो टोलीले फिल्डमा कार्य प्रारम्भ गर्यो, र म त्यस टोलीको आर्थिक, प्रशासनिक तथा लजिस्टिक व्यवस्थापनको जिम्मेवारी लिएर करिब एक महिना धनगढीमा बसें। कञ्चनपुरको पुनर्वास क्षेत्र महेन्द्रनगरबाटभन्दा धनगढीबाट आवत–जावत गर्न सहज हुने भएकाले मेरो बासस्थलको लागि धनगढी रोजिएको थियो।

त्यो समय धनगढी मेरो लागि नयाँ थियो। आफुले चिनेका मान्छेहरू पनि थिएनन्। होटलहरू सीमित थिए र औसत सुविधासम्मकै मात्र थिए। केही तुलनात्मक रूपमा राम्रा होटलहरूमा ठाउँ नै पाइनँ। डुल्दै खोज्दै गर्दा धनगढीको चौराहामा रहेको सबैभन्दा राम्रो होटलमा कोठा पाउन सफल भएँ।

स्मरण रहोस्—त्यो बेला राम्रा होटलमा बस्ने, महँगो मोटर चढ्ने र हवाई यात्रा गर्नेहरू अधिकाम्स विकासे हुन्थे, अर्थात युएन वा अन्तराष्ट्रिय गैससका कर्मचारी। । बाँकी थोरै प्रायः व्यापारी वर्गका हुन्थे। अहिले जस्तै बिचौलिया, दलाल र नेताहरू थिएनन्, जसले महँगा होटलहरू भरिभराउ बनाइरहेका छन्।

आहा ! राम्रो होटल पाएकोमा मन अत्यन्तै खुशी भयो। होटल पूरै खाली थियो- भर्खरै रंगरोगन गरिएको, सफा र चम्किलो। म मात्रै त्यहाँको एक्लो पाहुना थिएँ।

होटलको अगाडिपट्टि, चौराहाको अर्को किनारमा, सेकुवा खाने भट्टिहरू थिए। बाटोभरि भारततर्फ आउ(जाउ गर्ने मान्छेहरूको चहलपहल देखिन्थ्यो। त्यही बाटो हुँदै—गौरिफन्टा (जसलाई डोके बजार पनि भन्दथे क्यारे) नजिक भएर, दूधिया निकुञ्ज पार गर्दै पुनर्वास जाने बाटो पर्दथ्यो।

त्यो जेठ महिनाको कडा खडेरी थियो। खपिनसक्नु गर्मी, घामको ताप त छाला भित्रै घुस्ने जस्तो। बिजुली आँखो झिम्क्याए जस्तो क्षणभर आउँथ्यो र फेरि हराउँथ्यो। कोठामा झुण्ड्याइएको पंखा घुम्न नपाउँदै बिजुली जान्थ्यो। पसिना बगाउँदै रात बिताउने बेलाको त्यो बेचैनी अहिले सम्झँदा पनि मन असजिलो हुन्छ।

होटलमा बसेको भोलिपल्ट साँझपख, बाहिर निस्कन लाग्दा काउन्टरमा बसेका भाइले डोटेली लवजमा भने, “आठ बज्या भित्र आऊ है ? आठ बज्या पछि हमी ढोक्की बन्द करछौं। होटलको साहु बहराइच गा छ। हमी काम करन्या सबैजना बाहिर बस्छौं।”

ए, त्यो होटलमा रातभर म एक्लैरु त्यो पनि बाहिरबाट साँचो लगाएर ढोका बन्द गरिनेरु म पाहुना, तर उनी नै डराएको जस्तो लाग्यो। मैले हल्का मुस्कानसहित भनेँ, “ठिकै छ, बिहान अलि छिट्टै आउनु होला है।” मनभित्र चाहिँ थोरै संशय र डरको बादल लागिसकेको थियो।

यस्तै गरी मेरो दुई हप्ता बित्यो। केही दिनपछि होटलका साहु बहराइचबाट फर्किए। दिनभर होटलमै हुन्थे, तर साँझ पर्नासाथ कतै हराउँथे। उनी पनि अली डराएका, बेचैन, कहिले काहीँ त शंकास्पद रूपमा मौन देखिन्थे।

म होटलमा आउँदा र बाहिर निस्कँदा वरिपरिकाहरू अचम्मित नजरले हेरिरहेका हुन्थे, कसैले चिनेको छैन, न कुरा गर्छन्, तर चुपचाप नियालिरहेका। त्यस क्षण मैले जीवनमै पहिलोपटक यस्तो कौतुहल, अलौकिकता र भय मिश्रित नजरहरू अनुभव गरें। एक किसिमको अशान्ति थियो वातावरण, न देखिने तर महसुस हुने। र, त्यो अनौठो सन्नाटा, कहाली लाग्दो मौनता अहिले पनि कहिलेकाहीँ स्मृतिको झ्यालबाट झुल्केर आउँछ।

झन्डै दुईहप्ता पछी एकदिन म कोठामै बसेको थिए। बाहिरबाट कसैले मेरो कोठाको ढोका ढकढकाए। ढोका खोलेको बाहिर एक हुल मान्छेहरु थिए। प्रहरी र भारतीय मान्छेहरु साथमा होटलको साहु। ढोका खोल्ने बित्तिकै तिनिहरु मेरो कोठामा पसे। तिनिहरु हिन्दिमा बोल्दै कोठाको अवलोकन गरे। पंखा झुन्ड्याएको ठाउँ हेरे। कुरा बुझ्दै जादा त्यो कोठामा म आउनु भन्दा तीन दिन अगाडि एउटा भारतिय मानिस झुन्डिएर आत्महत्या गरेको रहेछ। म झसङ्ग भए। मन चिसो भयो। बल्ल चाल पाए त्यो होटल किन खाली रहेछरु त्यहा काम गर्ने मानिसहरु किन त्यो होटलमा बस्दा रहेन्छनरु साहु किन बेचैन रहेछरु वरपरका मानिसहरुले किन मलाई अनौठो तरिकाले हेर्दा रहेछन ?

हाम्रो समाजमा गरुड़ पुराण, योगवासिष्ठ, विष्णु स्मृतिजस्ता धर्मग्रन्थहरूमा आत्महत्या गरेपछि आत्माले शान्ति नपाउने, भूत–प्रेतको रूपमा भटकिरहने र अरूलाई दुःख दिने विश्वास गरिन्छ। कारण के भनिन्छ भने(आत्महत्या गर्ने व्यक्तिले आफ्नो कर्मचक्र पूरा नगरी मृत्यु अंगालेको हुन्छ। त्यसैले उसको आत्मा शेष आयु नसकिन्जेल मसान, चिहान वा मृत्यु भएको स्थानमा भड्किइरहन्छ भन्ने विश्वास व्यापक छ।

मसँग विकल्प थियो-कोठा बदल्ने, या होटल नै छाड्ने। तर त्यसले केवल शारीरिक स्थान होइन, मेरो आन्तरिक विश्वास र विचार पनि बदल्नुपर्ने हुन्थ्यो। सहजतामा जो पनि रमाउँछ, तर कठिन घडीमा आत्मविश्वासका साथ अडिनु नै असली परीक्षा हो। मैले निर्णय गरेँ- म बाँकी तीन हप्ता पनि त्यही कोठामै बस्नेछु।

जहाँ आत्महत्या हुन्छ, त्यहीँ आत्मा देखिन्छ, अज्ञात आवाज आउँछ, डर लाग्ने अनुभूति हुन्छ भन्ने भनाइहरू मैले धेरैपटक सुनेको थिएँ। हिन्दू धर्मका मृत्यु–पश्चात जीवनसँग सम्बन्धित सबैभन्दा चर्चित कथा गरुड़ पुराणका अनुसार, आत्महत्या महापाप हो, जसको परिणाम स्वरूप आत्मा प्रेतत्वमा पुग्छ। त्यसको मृत्यु भएको स्थान निन्दनीय र अपवित्र मानिन्छ। त्यस्तो ठाउँमा बसोबास गर्दा रोग, दरिद्रता, झगडा र हानिको सम्भावना हुन्छ भन्ने विश्वास समाजमा अझै जीवित छ। र, संयोग कस्तो भयो भने- म आफैं त्यहीँ बसेँ, जहाँ प्रेतआत्मा भौतारी रहेको, अपवित्र कोठा।

सुरुमा त केही थाहा थिएन। शान्त र साधारण रूपमा दुई हप्ता बिते। होटल पनि खाली, म एक्लै। तर जब मलाई त्यो कोठामा कुनै व्यक्तिले आत्महत्या गरेको हो भन्ने कुरा थाहा भयो, त्यसपछि मनमा अनौठो डरको बादल मडारिन थाल्यो।
मेरो भौतिकवादी चेत, जसले सधैं तर्क र प्रमाण खोज्थ्यो- त्यो समेत डगमगायो। मेरो विश्वासहरूमा प्रश्न उठ्न थाल्यो। त्यही कोठामा, जहाँ म ढुक्कसँग सुत्थें-अब भुतको अनुहार देखिन थाल्यो, त्यो पनि झुन्ड्याइएका कपडाहरूमा। पंखाको आवाजमा अचम्मको चित्कार मिसिएजस्तो लाग्न थाल्यो- जसलाई पहिले कहिल्यै सुनेको थिइनँ। र सबैभन्दा अचम्म के थियो भने मलाई अरू कोठाहरू पनि देखाइएको थियो। तर मैले यही कोठा रोजेँ, केवल त्यसमा भर्खरै रंगरोगन गरिएको थियो भनेर। त्यो निर्णय सामान्य थियो हो, तर पछिल्लो सूचना पछि मनमा एक प्रकारको भय मिसिएको थियो।

हाम्रो मनोविज्ञानले हामीलाई निरन्तर निर्देश गरिरहेको हुन्छ। हामी मृत्युसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न सक्दैनौं, तर मृत्युका सन्दर्भमा मनमा अनेक कल्पनाहरू उब्जन्छन्। हाम्रो चेतनामा भूत, प्रेत, पिशाच, चुँडेल, डायन, मसान जस्ता काल्पनिक डरहरू भरिएका हुन्छन्।

जब विशिष्ट परिस्थितिहरू आउँछन्, ती डरहरू डरावना आकृतिमा देखापर्न थाल्छन्। चेतना पंगु बन्छ, सोच अव्यवस्थित हुन्छ। अनियन्त्रित र अतार्किक भय (irrational fear/ phobia) ले मन कप्जा गर्न थाल्दछ। यस्तो अवस्था विज्ञान, दर्शन र मनोविज्ञानलाई समेत चुनौती दिने खालको हुन्छ।

यही अनुभवले मलाई पनि एकपटक अफ्ठ्यारोमा पार्यो। मेरो चेतनाले भन्थ्यो-“जे भयो त्यो बितिसक्यो। कोठा सफा छ, फर्निचर फेरिएका छन्। दुई हप्ता त्यही कोठामा पूर्ण शान्तिमा बिताइयो। न कुनै भूत देखियो, न पिशाच, न कुनै अज्ञात शक्ति। बाँकी समय पनि यहीँ बिताउनु पर्छ।” चेतनाले थप्थ्यो- ‘तिमीले सुनेका दन्त्यकथाले तिमीलाई चलाउन हुँदैन।’
तर चेतना र भावना एउटै दिशामा हिँड्दैनन्। मानिसको आन्तरिक जीवन दुई प्रमुख ध्रुवहरूमा चN4- चेतना (Consciousness) र भावना (Emotion)। चेतना भनेको बुझ्ने, तर्क गर्ने, तथ्य विश्लेषण गर्ने क्षमता हो, जसले वास्तविकता र भ्रमबीचको भेद छुट्याउन मद्दत गर्छ। भावना भनेको अनुभवको सहज प्रतिक्रिया हो, खुशी, रिस, डर, प्रेम, घृणा आदि। मेरो कोठामा आत्महत्या भएको कुराले म आत्तिएँ। जब कुनै परिस्थितिमा हामी प्रवेश गर्छौं, भावना तुरुन्तै सक्रिय हुन्छ—जस्तै, यो घटना सुनेर डर लाग्नु। तर चेतनाले भने परिस्थिति बुझ्न, कारण पत्ता लगाउन र उपयुक्त प्रतिक्रिया छान्न समय माग्छ। यही कारण, भावनाले दिने प्रतिकृया र चेतनाले दिने मार्ग प्रायः फरक हुन्छ। आदर्शको कुरा गर्नु र जीवनको कठोर यथार्थ भोग्नुमा त्यति नै फरक रहेछ, जति लेखिएको किताब पढ्नु र आगोमा हात हाल्नुमा हुन्छ।

 भूत, प्रेत, पिशाच, डाकिनी, बोक्सी आदिको डर अन्धविश्वासकै स्वरूप हुन्, जसले हाम्रो चेतना, समाज र मनोविज्ञानलाई सानैदेखि नियन्त्रणमा राखिरहेको छ। समाजले बनाएका लोककथाहरू, मिथकहरू, पौराणिक ग्रन्थहरू र धार्मिक कर्मकाण्डहरूले यो डरलाई संस्थागत बनाइदिएका छन्।

मसँग विकल्प थियो-कोठा बदल्ने, या होटल नै छाड्ने। तर त्यसले केवल शारीरिक स्थान होइन, मेरो आन्तरिक विश्वास र विचार पनि बदल्नुपर्ने हुन्थ्यो। सहजतामा जो पनि रमाउँछ, तर कठिन घडीमा आत्मविश्वासका साथ अडिनु नै असली परीक्षा हो। मैले निर्णय गरेँ- म बाँकी तीन हप्ता पनि त्यही कोठामै बस्नेछु।

मलाई थाहा छ, भूतप्रेतको डर प्रायः कल्पना, अज्ञानता र अन्धविश्वासमा आधारित हुन्छ। त्यसैले वैज्ञानिक सोच, तथ्यमा आधारित ज्ञान, र आलोचनात्मक चेतनाले मात्र यस्तो डरलाई कम गर्न सकिन्छ। मेरो चेतनाले मलाई त्यही कोठामा बस्न प्रेरणा दियो। र आज म खुसी छु, यो निर्णयले सायद समाजलाई अलिकति भए पनि एउटा सन्देश दिन सक्यो। त्यो होटलका मालिक र कर्मचारीहरू, जो आफैं त्यस घरमा बस्न डराउँथे, उनीहरूले मेरो आत्मबल देखेपछि आफूभित्र पनि आत्मविश्वासको सञ्चार भयो। अन्ततः उनीहरू पनि होटलमै बस्न थाले।

हाम्रो समाज परम्परा, धर्म, संस्कार र विश्वासले भरिएको छ। यिनै विश्वासहरूमध्ये केही यस्ता छन्, जुन न त तर्कसँग मेल खान्छन्, न त वैज्ञानिक तथ्यसँग। यिनलाई हामी अन्धविश्वास भन्छौं। भूत, प्रेत, पिशाच, डाकिनी, बोक्सी आदिको डर अन्धविश्वासकै स्वरूप हुन्, जसले हाम्रो चेतना, समाज र मनोविज्ञानलाई सानैदेखि नियन्त्रणमा राखिरहेको छ। समाजले बनाएका लोककथाहरू, मिथकहरू, पौराणिक ग्रन्थहरू र धार्मिक कर्मकाण्डहरूले यो डरलाई संस्थागत बनाइदिएका छन्।

मानिस स्वभावैले अज्ञात, मृत्यु र अँध्यारोसँग डराउँछ। तर यो डर जित्ने बाटो ज्ञान, चेतना, र साहस नै हो। भड्किएको आत्मासंगको सामिप्यले मेरो चेतनालाई थप उर्जा दियो।

 

वि.सं.२०८२ साउन २८ बुधवार १०:१६ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...