back
CTIZAN AD

निःशस्त्रीकरणले लेबनानलाई इजरायलको शरणमा सुम्पेको हिजबुल्लाहको आरोप

वि.सं.२०८२ साउन ३० शुक्रवार

2.1K 

shares

बेरुत। हिजबुल्लाहका प्रमुख नइम कासिमले लेबनान सरकारले समूहको निःशस्त्रीकरणका लागि दबाब दिएर देशलाई ‘इजरायलको शरणमा सुम्पेको’ आरोप लगाउँदै आफ्ना हतियार राख्न सङ्घर्ष गर्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि लेबनानी लडाकू समूहलाई समर्थन गर्दै आएका इरानका शीर्ष सुरक्षा प्रमुख अली लारिजानीलाई भेटेपछि कासिमले टेलिभिजनमार्फत् सार्वजनिक सम्बोधनमा देशलाई कमजोर बनाइएको बताएका हुन।

हिजबुल्लाह गत वर्ष इजरायलसँगको युद्धबाट नराम्ररी कमजोर भएको थियो । अमेरिकी दबाबमा लेबनान सरकारले सेनालाई यस वर्षको अन्त्यसम्ममा हिजबुल्लाह समूहलाई निःशस्त्रीकरण गर्ने योजना बनाउन आदेश दिएको छ ।

इजरायली आक्रमणबाट प्यालेष्टिनी लडाकू समूह (हमास), इरानको सिरियाली सहयोगी इस्लामिक सङ्गठन र इरानको तथाकथित ‘प्रतिरोधको धुरी’ हिजबुल्लाहले पनि श्रृङ्खलाबद्ध असफलताहरू भोगेका छन् । हालै इरानले इजरायलसँगको १२ दिन लामो युद्ध र संयुक्त राज्य अमेरिकाको आक्रमणबाट आफ्नो आणविक स्थलहरूमा क्षतिको सामना गर्नुपरेको छ ।

कासिमले भने, “सरकारले गृहयुद्ध र आन्तरिक कलह निम्त्याए पनि प्रतिरोध अन्त्य गर्न अमेरिकी–इजरायली आदेश कार्यान्वयन गरिरहेको छ ।”

“जबसम्म आक्रामकता जारी रहन्छ, कब्जा कायम रहन्छ, तबसम्म हिजबुल्लाहले आफ्ना हतियारहरू समर्पण गर्दैन, र हामी यसको विरुद्ध लड्नेछौँ ।

यो अमेरिकी–इजरायली परियोजनाको सामना गर्न हिजबुल्लाह कुनै पनि अवस्थाको सामना गर्न तयार छ,” उनले भने ।

कासिमले सरकारलाई ‘अतृप्त इजरायली आक्रमणकारी वा असीम लालच भएको अमेरिकी तानाशाहलाई देश नसुम्पिन’ आग्रह गरेका छन् ।

उनले लेबनानको कुनै पनि आन्तरिक विष्फोट र विनाशको जिम्मेवारी सरकारले लिने बताउँदै लेबनानले देशलाई तहसनहस बनाएको आरोप लगाएका छन् ।

हिजबुल्लाह र यसको सहयोगी अमालले यस समयमा कुनै पनि सडक प्रदर्शनको आयोजना नगर्ने तर भविष्यमा त्यसो गनसक्र्ने चेतावनी उनले दिए ।

इजरायलसँगको युद्धअघि हिजबुल्लाह लेबनानी सेनाभन्दा राम्रो हतियार भएको विश्वास गरिन्थ्यो।

लेबनानलाई आक्रमणबाट जोगाउन उसले लामो समयदेखि आफ्नो हतियार सुरक्षित राख्नुपर्ने बताउँदै आएको थियो, तर आलोचकहरूले यसले राजनीतिक लाभका लागि आफ्नो हतियार प्रयोग गरेको आरोप लगाएका थिए।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख लारिजानीले यसै साता बेरुतमा कासिम र राष्ट्रपति जोसेफ आओनसँग भेटवार्ता गरेका थिए ।
इरानले सरकारको निःशस्त्रीकरण योजनाको विरोध गर्दै सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

आओनले लारिजानीलाई देशको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपलाई अस्वीकार गरेको र हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने योजनामा इरानको भनाइलाई ‘गैर–रचनात्मक’ को संज्ञा दिएका छन् । (रासस/एएफपी)

वि.सं.२०८२ साउन ३० शुक्रवार १५:५३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...