back
CTIZAN AD

स्मार्ट च्वाईस टेक्नोलोजिजको २४औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ साउन ३० शुक्रवार

1K 

shares

काठमाडौँ,। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले २९ श्रावन २०८२ मा आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

उक्त वार्षिकोत्सवमा संचालकसमितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, श्री मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पार्नुभयो । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा(SCT-UnionPay कार्ड, VISA कार्ड, NepalPay कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा(Smart Banking) , अन्तर बैंक भुक्तानी सेवा (Smart Pay), क्युआर भुक्तानी सेवा (Smart QR) र मर्चेन्ट व्यवस्थापन सेवा (Smart MMS) मा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरे।

वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू Smart QR Soundbox र SCT Hub का बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर श्री रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरे। Smart QR Soundbox स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू Smart QR Soundbox मार्फत सुन्न सक्नेछन् । Smart QR
Soundbox लाई मर्चेन्टहरूले आफ्नो Wi-Fi संग लिङ्क गरेर वा Smart QR Soundbox मै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू Smart QR Soundbox मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् ।

SCT ले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे Smart QR Soundbox मार्फत जानकारी हुन्छ ।

साथै SCT Hub स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन (ATM Management), कार्ड व्यवस्थापन (Card Management), विवाद व्यवस्थापन (Dispute Management), सतर्कता व्यवस्थापन(Alert Management), प्रयोगकर्ता व्यवस्थापन (User Management), Report Generation लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०८२ साउन ३० शुक्रवार १५:५७ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...