back
CTIZAN AD

द्वितीय विश्वयुद्धको ८० वर्षपछि जापानी सम्राटद्वारा ‘गहिरो पश्चात्ताप’ व्यक्त

वि.सं.२०८२ साउन ३० शुक्रवार

1.7K 

shares

टोकियो । द्वितीय विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वार्षिकोत्सवको अवसरमा सम्राट नारुहितोले शुक्रबार ‘गहिरो पश्चात्ताप’ व्यक्त गर्दै युद्धमा ज्यान गुमाएका लाखौँप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

टोकियोको यासुकुनी मन्दिरमा हजारौँ मानिसले चर्को गर्मीको बीचमा श्रद्धाञ्जलि दिए । यो मन्दिरले १९औँ शताब्दीको अन्त्यदेखि मृत्यु भएका मुख्यतया २५ लाख जापानी सैनिकलाई सम्मान गर्छ, तर केही युद्ध अपराधीहरूलाई पनि सम्मान भाव प्रकट गर्ने भएकाले विवादास्पद मानिन्छ ।

यहाँ जापानी मन्त्रीहरूको उपस्थितिले चीन र दक्षिण कोरियालगायत युद्धपीडित देशहरूलाई क्रोधित बनाउँदै आएको छ ।

सहरको केन्द्रमा आयोजित समारोहमा सम्राट नारुहितोले महारानी मासाकोसँग सहभागिता जनाउँदै भने, “अन्तिम युद्धमा आफ्नो बहुमूल्य जीवन गुमाएका असङ्ख्य व्यक्ति र तिनीहरूका शोकाकुल परिवारहरूसँग मेरा विचारहरू छन् । हाम्रो विगतप्रति चिन्तन गर्दै र गहिरो पश्चात्तापको भावनालाई दिमागमा राख्दै म इमानदारीपूर्वक यस्तो विनाश फेरि कहिल्यै नदोहोरियोस् भन्ने आशा गर्छु ।”

प्रधानमन्त्री शिगेरु इशिबाले पनि शान्तिका लागि काम गर्ने वाचा गरे । यद्यपि उनले यासुकुनी मन्दिरमा परम्परागत भेटी पठाउनुभयो, जसले फेरि विवाद जन्माएको छ । पूर्व प्रधानमन्त्री शिन्जो आबेको भ्रमणले अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेकाले सन् २०१३ यता कुनै पनि प्रधानमन्त्रीले मन्दिर भ्रमण गरेका छैनन् ।

उक्त दिन कृषिमन्त्री शिन्जिरो कोइजुमी, विपक्षी नेत्री सानाए ताकाइची र राष्ट्रवादी सानसेइतो पार्टीका सदस्यहरू पनि मन्दिर पुगेका थिए ।

मन्दिर परिसरमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी थियो । धेरैले छाताहरू प्रयोग गरी घामबाट बच्ने प्रयास गरेका थिए । केही बिरामी समेत परे ।

स्थानीय नागरिकहरू युद्धका पाटाहरू सम्झन र आत्मचिन्तन गर्न मन्दिर पुगेका थिए । एक आगन्तुक ताकाशी इगुचीले भने, “हामी युद्धको सम्भावना रहेको समयमा बाँचेका छौँ । जापानको इतिहास सम्झनु अहिले झन् महत्त्वपूर्ण छ ।”

सम्राट नारुहितो, महारानी मासाको र राजकुमारी ऐकोले अर्को महिना नागासाकी भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँहरूले परमाणु बमबाट बाँचेकाहरूलाई भेट्ने र युद्धपीडितलाई श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । यो सम्राटको सिंहासनमा आरोहणपछिको पहिलो नागासाकी भ्रमण हुनेछ । (रासस/एएफपी)

वि.सं.२०८२ साउन ३० शुक्रवार १५:५८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...