ल्याको भन्छौ समाजवाद, संविधानमा लेखेर
कहिल्यैकतै आउने हैन, बग्गि चढेर ।
भूईचालो र कोरोनाले, आत्मनिर्भर सम्झायो
स्वाधिनता र समृद्धिको, सपना बरीलै ।।
कोभिड भन्ने भाइरसले, चेतावनी दिँदानी
मगन्ते–संस्कृतिमा, धोका पाउँदानी ।
अझै हाम्लाई चेत खुलेन, माटो प्रेम जागेन
आयातमुखि अर्थतन्त्र, बन्यो बरीलै ।।
फलफूल माछा मासु, दुध दहि तरकारी
खरबौको ब्यापार घाटा, डाटा सरकारी ।
ब्यबशायिक उत्पादनमा, जमिनको प्रयोगलाई
नयाँ सोचको अभियान, बढाउ बरिलै ।।
अहिले पनि उत्पादनमा, जुटने किसान निराश छन्
मल, बीउ सिंचाइका, गोता भोग्दैछन् ।
प्रभावकारी बिमा छैन, बिचौलीयाको बजार
टाउको ठोक्दै किसान, रुन्छन बरिलै ।।
कृषिबाटै देश बनाउन, फर्कि नेपाल आएका
लाख करोड डुबाएर, बाहिरै फर्केका ।
माटोसँग खेल्नेलाई, हेप्ने हाम्रो संस्कार
लगानी र जीवनको, भएन भरोशा ।।
सस्तो दाममा विदेशमा छन्, नेपालीका पाखुरा
सत्तरी लाख नाघिसक्यो, गरौं के कुरा ? ।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो
यी बाध्यता तोड्न अब, पर्छ बरीलै ।।
एउटै वडा तल्लो टोलमा, आप र केरा फल्दछ
माथील्लोमा सुन्तला र, स्याउ झुल्दछ ।
यार्साजस्ता जडिबुटी, अन्न भण्डार तराई
व्यवसायिक उत्पादन, सोचाैं बरिलै ।।
पालिकाका घरधुरी, सबै जनता समेटी
कृषि सहकारीलाई, जग्गा लिजमा दिई ।
उत्पादन दोब्बर पारौ, रोजगारी बढाऔं
संसारभरी हाम्रो सामान बेचौ बरिलै ।।
लेखक, नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष हुन् )
वि.सं.२०८२ साउन ३१ शनिवार ०७:४१ मा प्रकाशित































