back
CTIZAN AD

आजको राशिफल : तपाईको दिन कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ भदौ ३ मंगलवार

1.2K 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काम गर्नुपरे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतीहरूको कामना पूर्ण हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद–प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।

२०८२ साउन २२ गते बिहीवार, ७ अगस्ट
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ भदौ ३ मंगलवार ०७:३० मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...