back
CTIZAN AD

महानगरका महिलाहरु वडा वडामा जाग्दै

वि.सं.२०८२ भदौ ५ बिहीवार

4.9K 

shares

देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरका वडाहरुभित्र माओवादी निकट महिलाहरु संगठन अभियानमा सक्रिय हुन थालेका छन् ।

राजधानीबासीका ट्राफिक समस्या, बिजुलीमा गरिएका अघोषित लोडसेडिङ्ग, खानेपानी तथा सरसफाई एवम् सामाजिक बिषयका मुद्धा उठाउँदै आएको अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाण्डौं महानगरकी अध्यक्ष मुना न्यौपाने सहितको टीम संगठन अभियानका लागि वडा वडामा जागेको छ ।

बुढाथोकीको अध्यक्षतामा ३२ वडामा समिति निर्माण
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) काठमाण्डौं महानगर समिति अन्तर्गतको ३२ वडामा एक वडा स्तरीय समिति निर्माण गरिएको समाचार प्राप्त भएको छ । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सीता अधिकारीको प्रमुख आतिथ्यता, नेकपा (माओवादी केन्द्र) केन्द्रीय निर्वाचन आयोग सदस्य मीना शर्मा तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय सचिव रमा गिरीको बिशिष्ट आतिथ्यता, काठमाण्डौ महानगर पार्टी कार्यालय सचिव नरेश श्रेष्ठ, पार्टी कार्यालय सदस्य तथा महानगर महिला अध्यक्ष मुना न्यौपाने, सम्पर्क सचिवालय सदस्य संगीता कंडेल, महानगर कार्यालय सदस्य रुद्रा कार्की, जिल्ला सदस्य नवराज थपलिया, वडा पार्टी अध्यक्ष रामसुन्दर श्रेष्ठ, सल्लाहाकार खुमा सुवेदी, राधा भट्टराई, मनिता रायमाझी लगायतको नेतृत्व सहित ९५ जना महिलाको उपस्थितिमा समिति चयन गरिएको थियो ।

सो समितिमा अध्यक्ष उर्मिला बुढाथोकी, उपाध्यक्ष रिता थापा, सम्झना श्रेष्ठ, सचिवमा ईश्वरी थपलिया, सहसचिव उषा गीरी, कोषाध्यक्षमा जमुना गिरी र सदस्यहरुमा दुर्गा मैनाली, सृजना बस्नेत, सुमित्रा श्रेष्ठ, सृजना श्रेष्ठ, रमिला बिश्वकर्मा, सुनिता नेपाल अधिकारी, कृष्णकुमारी अधिकारी, पुष्पादेवी दमाई, धन कुमारी दमाई, ईशा परियार, कमलमा परियार, सुनिता श्रेष्ठ, पुष्पा कटुवालसहित १९ जना रहेका छन् भने बाँकी २ पछि पदपूर्ति गर्ने जनाईएको छ ।

यसअघि ईन्द्रलक्ष्मि श्रेष्ठको नेतृत्वमा २६ वडामा १५ सदस्यिय र मीरा कार्की बुढाथोकीको नेतृत्वमा १४ वडामा ११ सदस्यीय समिति बनेका छन् । वडा १६, १५ र ४ मा भेला सम्मेलनबाट नेतृत्व चयन भईसकेको छ भने वडा १, ३०, ८ र ७ मा संयुक्त तयारी बैठक भएको छ ।

महानगरका वडाहरुमा संगठन निर्माणका लागी सक्रिय रहेकी अध्यक्ष मुना न्यौपानेले संगठन निर्माण तिव्रतामा बढेको र आफनो संगठनप्रति आकर्षण बढ्दै गएको जनाएकी छन् । संगठन निर्माणको अभियानमा उत्प्रेरणा दिने सम्बन्धित सबैलाई उनले धन्यवाद पनि ब्यक्त गरेकी छन् ।

 

 

वि.सं.२०८२ भदौ ५ बिहीवार ११:१० मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...