back
CTIZAN AD

सम्झौता नसच्चिए प्रतिकारमा निस्कने युवा संगठनहरुको चेतावनी

वि.सं.२०८२ भदौ ५ बिहीवार

3.3K 

shares

काठमाडौँ । विभिन्न संगठनका युवा संगठनहरुको साझा मोर्चा समाजवादी युवा मोर्चा नेपालले भर्खर मात्र चिनियाँ बिदेश मन्त्री वाङईको भारत भ्रमणको क्रममा दुई देश विच भएको सम्झौता सच्याउन माग गरेका छन् ।

मोर्चामा संलग्न वाइसिएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका संयोजक रोशन थापा, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी र नेपाल समाजवादी युवा संघका इन्चार्ज विजय खड्काले संयुक्त विज्ञिप्त जारी गर्दै हालै चिनियाँ बिदेश मन्त्री वाङईको भारत भ्रमणको क्रममा दुई देश विच भएको सहमतिको बुदा नं ९ मा नेपालीभूमी लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापार सञ्चालन गर्ने सम्बन्धमा नेपालको कुनै सहमति बिना दुई देशबीच भएको सम्झौता नसच्चिए प्रतिकारमा उत्रने चेतावनी दिएका हुन् ।

नेपालको संविधानले आधिकारिक नक्सा मार्फत महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको अभिन्न भू–भागको रूपमा स्पष्ट रूपमा समावेश गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘नेपालको संविधानले आधिकारिक नक्सा मार्फत महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको अभिन्न भू-भागको रूपमा स्पष्ट रूपमा समावेश गरिसकेको छ। संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त र नेपाल(नेपाली जनताको सार्वभौमिक अधिकार विपरीत हुने यस किसिमका गतिविधिले नेपालका विदेशनीतिको प्राथमिकतामा रहेको मैत्रीपूर्ण छिमेक सम्बन्धमा गम्भीर असर पर्न सक्ने हुँदा यथाशीघ्र उक्त विषय सच्याउन माग गर्दछौं।’

मोर्चाले नेपालले दुवै छिमेकी मुलुकलाई ऐतिहासिक तथ्य र मित्रवत सम्बन्धको मर्मलाई ध्यानमा राखी नेपालको सार्वभौमिक अधिकारलाई सम्मान गर्न आग्रह गर्दै अन्यथा नेपालको राष्ट्रियता र स्वाभिमानको वर्खिलाप हुने यस्ता कृयाकलापको प्रतिकारमा उत्रिन मोर्चा बाध्य हुने जनाइएको छ ।

साथै, यस विषयमा नेपाल सरकारलाई यथाशीघ्र ठोस कूटनीतिक पहल गर्न समेत अपिल गरिएको छ ।

वि.सं.२०८२ भदौ ५ बिहीवार २१:२८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...