back
CTIZAN AD

ब्रिटिस कलेजले ‘ छैटौं ब्रिटिस कप’ इन्टर कलेज फुटसल प्रतियोगिता गर्दै

वि.सं.२०८२ भदौ ८ आइतवार

2.9K 

shares

काठमाडौं। द ब्रिटिस कलेज (टीबीसी)ले ‘ छैटौं ब्रिटिस कप- २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्ट’को आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा पहिलो पटक दुई अलग-अलग डिभिजन समावेश गरिएको छ। यही अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा प्रतियोगिताको आयोजना हुने भएको हो।

सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजहरुले सहभागिता जनाउने भएका छन्।
यस पटक +२ कलेजहरू अन्तर्गत नाइटिङ्गेल कलेज, चेल्सी कलेज, डीएभी, एलआरआई, भृस्पती कलेज, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि कलेज, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल कलेज, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल कलेज, क्यास्पियन भ्याली, काष्ठमण्डप, मनास्लु +२ले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

त्यस्तै स्नातक कलेजहरू अन्तर्गत विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज (BPC), द वेस्टमिनिस्टर कलेज (TWC), थेम्स कलेज, सफ्टवैरिका कलेज, आईएससीएमटी, एपेक्स कलेज, हेराल्ड कलेज, एआईटीएम, टेकस्पायर कलेज, नाथएम, प्रेसिडेन्सियल कलेज, एलए कलेज, नागार्जुन कलेज, एआईएमएस, ट्रिनिटी कलेज, वेदस कलेज, साईम, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन कलेज तथा आयोजक ब्रिटिस कलेजले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मको नगद पुरस्कारले सम्मान गरिनेछ।

वि.सं.२०८२ भदौ ८ आइतवार ११:३१ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...