back
CTIZAN AD

वर्षकै बेस्ट अफर सहित बिरगञ्जमा टाटा ईभी अटो शो आजदेखि सुरु

वि.सं.२०८२ भदौ ८ आइतवार

3K 

shares

सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि बिरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ। अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहनेछ।

अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ। अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।

यस अटो शोमा प्रदर्शित EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन्। यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ।

कार्यक्रम आयोजक प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङ का अनुसार, यो अटो शोले बिरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ।

वि.सं.२०८२ भदौ ८ आइतवार ११:२२ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...