back
CTIZAN AD

झरनाको अध्यक्षमा गायत्री निर्वाचित

वि.सं.२०८२ भदौ ८ आइतवार

3.7K 

shares

मकवानपुर जिल्लाको प्रतिष्ठित संस्था झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा गायत्री रुपाखेती निर्वाचित भएकी छन् । ०५० फागुन १२ मा स्थापित यो पुरानो संस्थामा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

संस्थाका निवर्तमान अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथि बकैया गाउपालिका अध्यक्ष धर्मराज लामिछाने, विशिष्ट अतिथि लक्ष्मी लोप्चन तामाङ, संस्थाको संस्थापक अध्यक्ष तथा संरक्षक रमेशमोहन अधिकारी, पुरस्कार संस्थापक चन्द्रकुमार राई तथा अतिथिहरु बकैया कार्यपालिका सदस्य लक्ष्मी माझी कृपा, संरक्षकहरु जनार्दन खनाल, परशुराम गौतम, उद्धवप्रसाद सापकोटा, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक गौतम, महेन्द्र माविका प्रअ खेम विक, अग्रज साहित्यकार हयग्रिव आचार्य, युवाकवि तथा विशिष्ट आजीवन सदस्य सुवास खनाल, आँचल कलापुञ्जकी अध्यक्ष भावना सापकोटा, आजीवन सदस्यहरु कृष्णप्रसाद चौलागाईं, भरत सापकोटा, बलराम घिमिरे, एस.आर मञ्जरी, ओमभक्त भण्डारी, पुष्पराज तिमल्सिन, कुमार स्याङ्बो, रामकुमार सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

गायत्री रुपाखेतिको अध्यक्षतामा नवगठित सो कार्यसमितिमा उपाध्यक्ष कृष्ण घतानी, सचिव नीलहरि ढुङ्गेल, सहसचिव अमृता लामिछाने, कोषाध्यक्ष अजर फुयाँल, सदस्यहरु हरिप्रसाद घिमिरे, मञ्जु दाहाल, विजय दोङ, स्वस्तिका दाहाल, शिबप्रसाद बोलखे लगायत निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित रुपाखेतिले अध्यक्षको जिम्मेवारीले आफुलाई थप गम्भिर र जिम्मेवार बनाएको प्रतिक्रिया दिएकी छन् ।

 

वि.सं.२०८२ भदौ ८ आइतवार ०९:२० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...