back
CTIZAN AD

चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवद्र्धन कार्यक्रम सञ्चालन

वि.सं.२०८२ भदौ ११ बुधवार

1.3K 

shares

दमौली (तनहुँ) । यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एउटा समूह (क्लष्टर) मा कम्तीमा पनि एक सय रोपनी जग्गा हुनुपर्ने प्रावधान छ ।

कार्यक्रम सञ्चालनका लागि रु ६८ लाख बजेट रहेकामा रु ३९ लाख दुई हजार खर्च भएको लामिछानेले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत समूहलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा विविध सामग्री उपलब्ध गराइएको छ ।

लामिछानेका अनुसार मकै बीउ उत्पादनका लागि कृषक समूहलाई पाँच हजार ४१४ किलो बीउ वितरण गरिएको छ । उनले भने, “३९ थान मिनिटिलर, २१ थान कम्बाइन मिल, ४७ थान मकै छोडाउने उपकरण, १४ थान डिजिटल तराजु, ५२ थान स्प्रेयर, चार सय २० थान त्रिपाल र दुई सय मिटर कुलो वितरण गरिएको छ ।” आँबुखैरेनी गाउँपालिका–६ स्थित एकता कृषक समूहले एक सय रोपनी क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ ।

आँबुखैरेनी–६ का घलडाँडा कृषक समूहले चार सय, आँबुखैरेनी–२ स्थित गाउँघर कृषक सहकारी संस्थाले दुई सय, ऋषिङ गाउँपालिका–३ स्थित मिलीजुली कृषि तथा पशुपालन समूहले एक सय २०, घिरिङस्थित कालीगण्डकी कृषि सहकारी संस्थाले एक सय ५०, बन्दीपुरस्थित हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्थाले एक सय, बन्दीपुरकै आँधीमूल तरकारी उत्पादक कृषि सहकारी संस्थले तीन सय, व्यासस्थित पिपलटार कृषक समूहले एक सय, हरियाली फलफूल तरकारी कृषक समूहले एक सय ६०, जौबारी कृषक समूहले एक सय, बर्लाची कृषि उत्पादक सहकारीले चार सय, पोखरीडाँडा कृषक समूहले एक सय, अन्नपूर्ण कृषि उत्पादक सहकारीले एक सय क्षेत्रफलमा कार्यक्रम विस्तार गरेका केन्द्रका प्रमुख लामिछानेले जानकारी दिए ।

भानुस्थित साथ फलफूल तथा कृषि सहकारी संस्थाले चार सय, नवआकृति बहुउद्धेश्यीय कृषक समूहले एक सय ५०, समता कृषि सहकारी संस्थाले तीन सय, फाउदी कृषि सहकारी संस्थाले पाँच सय, म्याग्देस्थित नेपानेटारी कृषक समूहले एक सय पाँच, माहिन्द्री गङ्गा कृषि सहकारी संस्थाले दुई सय र म्याग्देस्थित नमूना कृषि तथा पशुपालन कृषक समूहले एक सय क्षेत्रफलमा मकै बीउ उत्पादन तथा बाली प्रवद्र्धन विस्तार गरेका उनले बताए ।

वि.सं.२०८२ भदौ ११ बुधवार १६:४७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...