back
CTIZAN AD

जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व थियोः अध्यक्ष प्रचण्ड

वि.सं.२०८२ भदौ ११ बुधवार

1.5K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन् ।

आज यहाँस्थित अखिल नेपाल चेस सङ्घ र नेसनल स्पोट्र्स एकेडेमीको संयुक्त आयोजनामा भएको भक्त राना स्मृति चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको स्मरण गरे । उनले भने, “दश वर्षे जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध छ । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि योगदान दिएको थियो । रणमैदानमा चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।”

अध्यक्ष दाहालले चेस प्रतियोगिताका माध्यमबाट मुलुकलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउने अवसर भएको उल्लेख गर्दै खेलाडीहरूको उत्साहपूर्ण सहभागिताले थप हौसला दिएको बताए । उनले आयोजकलाई प्रतियोगिताका क्रममा सम्भावित समस्या भएमा समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भक्त रानालाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै अध्यक्ष दाहालले उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने जिकिर गरे । “भक्त राना युद्धमा घाइते हुनुभयो, उपचारका क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । हामीले उहाँलाई बचाउन सकेनौँ । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ”, उनले भने ।

उक्त प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुने विश्वस्त व्यक्त गरे । प्रतियोगिताका माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा मुलुकको पहिचान स्थापित हुने बताउँदै उनले यसबाट योग्य खेलाडी पनि उत्पादन हुने धारणा राखे ।

वि.सं.२०८२ भदौ ११ बुधवार १६:१७ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...