back
CTIZAN AD

आजको राशिफल कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ भदौ १३ शुक्रवार

1.7K 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। परिश्रमका तुलनामा प्रतिफल कम मात्र प्राप्त हुनेछ। खर्च, विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। खर्चको जोहो गर्न आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछन्। मुख्य काममा बाधा हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न हतार नगर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयको रफ्तारलाई पछ्याउन नसक्दा पछि परिनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सहयोगले तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम भने दोहोर्याउनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवद्र्धक रहनेछ।

२०८२ भाद्र १३ गते शुक्रवार, २९ अगस्ट
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ भदौ १३ शुक्रवार ०७:३६ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...