back
CTIZAN AD

धानबालीमा डढुवा रोगको समस्या

वि.सं.२०८२ भदौ १२ बिहीवार

987 

shares

चितवन। यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो ।

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन् ।

उनका अनुसार डढुवाले पातको फेदमा अण्डाआकारको खैरो थोपाहरु भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खा देखापर्दछ । बोटको माथिल्लो भागमासमेत पुग्छ र सुकेर डढेको जस्तो देखिने यो रोगको लक्षण हो ।

नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने, उन्नत जातको धान रोप्दा बोटको दूरी बढाउने, भेलिडामाइसिन प्रयोग गरेर यसबाट बचाउन सकिने उनले बताए । योसँगै ढुसी नाशक विषादीको प्रयोग गर्दा यो रोग नियन्त्रण गर्न सकिने उनले बताए ।

पश्चिम चितवनको बीउ उत्पादन गर्ने क्षेत्रमा लगाइएका धानमा पोटासको कमि देखिएको छ । बीउ उत्पादन गर्ने १० हेक्टर क्षेत्रफलमा पोटासको कमीले पात पहेँलिने, टुप्पा सुक्ने लक्षण देखा परेको उनले जानकारी दिए । यसले गर्दा धानमा बाला नलाग्ने र उत्पादनमा कमी आउने गर्दछ ।

धानमा अहिले गभारोको समस्या उस्तै रहेको उनले बताए । वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतलीहरु धानमा लाग्ने गर्दछ । जसको लाभ्रेहरु फिका पहेँला अथवा गुलाबी रङका अवस्थामा शरीरमा धर्का भएका हुन्छन् । यिनीहरु बिरुवाको डाँठभित्र रहन्छन् र बिरुवालाई प्रभाव पार्ने गर्दछन् ।

यसले बिरुवा कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा देखिन्छन् । बिरुवा फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने उनले जानकारी दिए ।

त्यसैगरी धानमा मिलिवग नामक रोगको समेत संक्रमण देखिएकोे छ । यो समस्या खाद्यतत्वको कमीले देखिने गर्दछ । अघिल्लो बर्षको तुलनामा धेरै क्षेत्रफलमा यो समस्या देखिएको छ । समयमा पानी नपर्दा बुढो बेर्ना रोप्ने किसानहरुका खेतमा यो समस्या देखिएको हो । यसले सानै बोटमा पसाउने र गाँज हाल्न नसक्ने हुन्छ ।

यो समस्या समाधान गर्न खेतमा पानीको सतह वढाउने, खेतभित्र र वरिपरी रहेका घाँसपातहरु हटाउने, कीराको प्रकोप ज्यादा भएमा तत्काल नजिकको कृषि कार्यालयमा सम्पर्क गर्न उनले सुझाव दिए । जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए । रासस

वि.सं.२०८२ भदौ १२ बिहीवार १७:४२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...