back
CTIZAN AD

‘स्वास्थ्य सेवामा अहिले पनि सन्तुष्ट हुने ठाउँ छैन’

वि.सं.२०८२ भदौ १२ बिहीवार

831 

shares

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा एक निजी अस्पतालको शुभारम्भ गर्दै उहाँले भौतिक विकासभन्दा स्वास्थ्य र शिक्षाको विकास भएमात्र मुलुकको विकास हुने बताएका हुन् ।

पूर्वराष्ट्रपति डा यादवले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन भएको बताए । “विस २०४६ सालको परिवर्तनपछि गाउँगाउँमा स्वास्थ्य चौकी पुगेका छन्, तर स्वास्थ्य उपचारमा भने अहिलेपनि सन्तुष्ट हुने ठाउँ छैन,” उनले भने ।

उनले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्ता अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अस्पताललाई व्यवसायीक रूपमा मात्र नभई समाजसेवाको क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पु¥याउन नसकिएको बताए । उनले आफू स्वास्थ्यमन्त्री हुँदा जस्ता समस्या थिए हालसम्म पनि त्यस्तै समस्या रहिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

नेता केसीले दिनप्रतिदिन दक्ष चिकित्सक विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि राज्यले ठोस कदम चाल्नुपर्ने उल्लेख गरे । कांग्रेस नुवाकोटका पूर्वसभापति एवम् संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने बताए ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेख (ख)का सांसद इन्जिनीयर अमन मास्के, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तारकेश्वर नगरपालिकाका निवर्तमान प्रमुख रामेश्वर बोहरा, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले अस्पतालले तारकेश्वरबासीलाई विशेष सहुलियत दिएर उपचार गराउन आग्रह गरेका थिए ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा केदारनरसिंह केसीले अस्पतालमा उपचारका लागि आएका बिरामी आर्थिक अभावका कारण फर्कनुनपर्ने बताए । रु १५ करोडभन्दा बढी लगानीमा तारकेश्वर नगरपालिका–१० मा सञ्चालित उक्त अस्पताल हाल २४ शय्यामा सञ्चालनमा रहेको छ ।

वि.सं.२०८२ भदौ १२ बिहीवार १७:१५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...