back
CTIZAN AD

झापाका विमली नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत

वि.सं.२०८२ भदौ १५ आइतवार

2.1K 

shares

झापा । ट्याली एमएसएमई हनर्षले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्याकेजिङ प्रालिका सञ्चालक प्रज्वल विमलीलाई नवप्रवर्तक व्यावसायीका रूपमा पुरस्कृत गरेको छ । सफ्टवेयर उत्पादन कम्पनी ट्याली सोलुसन्स प्रालि बैङ्लोर भारतद्वारा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा झापा, विर्तामोडका युवा व्यावसायी विमली सम्मानित भएकी हुन् ।

झापा साइक्लिङ सङ्घका उपाध्यक्ष एवं नेपाल अलैँची व्यावसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका विमलीलाई नयाँपुस्ताका ‘स्टार्टअप’ व्यावसायीका रूपमा पुरस्कृत गरिएको हो । ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक नुपुर गोयन्का र नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले संयुक्त रूपमा उनलाई सम्मान तथा पुरस्कृत गरिन् ।

सो प्रालिले व्यावसायीहरूलाई विभिन्न पाँच विधामा वर्गीकृत गरीे साना, मझौला तथा सुक्ष्म उद्योगको पहिचानसहित हरेका वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । विश्वका करिब २० हजारभन्दा बढी व्यावसायीको आवेदन परेकामा २०० छनोटमा परी २५ जना नेपाली व्यावसायी पुरस्कृत हुन सफल भएका ट्याली सोलुसन्स प्राली, कोसी प्रदेशका साझेदार कम्पनी ‘आइडियल एकाउन्टिङ सोलुसन्स प्राली’का सञ्चालक राजनारायण साहले जनाकारी दिईन ।

यस वर्ष उत्कृष्ट २५ व्यावसायीमध्ये अनिता तिम्सिना बस्नेत, सङ्गीता कडरिया, सृजना खड्का, सुनिता शेर्पा र सङ्गीता पाण्डे गरी पाँच महिला पुरस्कृत भएका छन् । त्यस्तै अनुभवी व्यावसायीका रूपमा डा रञ्जनकुमार दाहाल, डा मनिता तिम्सिना, राजेन्द्रबहादुर सिंह, दीपककुमार झा, विनोदकुमार श्रेष्ठ, प्रकाश आचार्य र प्रत्युस आचार्य पुरस्कृत गरिएको छ ।

प्रविधि अपनाएर व्यवसाय गर्ने राजु ढकाल, रुपक शाक्य, डा सुरेशकुमार मानन्धर, दिनेशप्रसाद पौडेल र हरि ढकाललाई कम्पनीले पुरस्कृत गरको छ । सामाजिक प्रभाव पार्ने व्यावसायिका रूपमा मनोजविक्रम शाह, मनोहर कार्की, अञ्जल निरौला, सुमिता राउत र सवलचन्द साह पुरस्कृत भएका छन् । ट्याली सोलुसन्स प्रालिका कार्यकारी निर्देशक गोयन्काले विगत पाँच वर्षदेखि उत्कृष्ट, सफल एवं प्रेरणादायी व्यावसायीको पहिचान गरी सम्मानसहित पुरस्कृत गर्दै आइएको बताए ।

वि.सं.२०८२ भदौ १५ आइतवार १७:४५ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...