back
CTIZAN AD

सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते

वि.सं.२०८२ भदौ १५ आइतवार

1.1K 

shares

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन् । यहाँको सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको शनिबार करेन्ट लागेर मृत्यु भएको हो ।

इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि उनी गम्भीर घाइते हुनुभएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो ।

सिरहा–४ रमौलमा आज सदरे आलमकी ३० वर्षीया श्रीमती अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका छन् । हाल उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, हाल सबै घटनाबारे अनुसन्धान भइरहेको छ । विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटनाको सङ्ख्या बढ्दै गइरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

वि.सं.२०८२ भदौ १५ आइतवार १८:३४ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...