back
CTIZAN AD

मिस होस्टल नेपाल-२०२५ को उपाधि श्रेष्ठलाई

वि.सं.२०८२ भदौ १८ बुधवार

2.9K 

shares

काठमाडौँ ।मिस होस्टल नेपाल–२०२५ को उपाधि यहाना श्रेष्ठले प्राप्त गरेकी छन् । काराओके इन्टरटेन्मेन्ट प्रालिले होस्टल व्यवसायी सङ्घको सहकार्यमा गत २५ साउनदेखि आजसम्म सञ्चालन गरेको उक्त प्रतियोगितामा प्लाटिनम गल्र्स होस्टल डिल्लीबजारकी छात्रा यहाना श्रेष्ठ प्रथम भएकी हुन् । दोस्रोमा सेन्ट्रल गल्र्स होल्टल पुतलीसडककी छात्रा वन्दना खरेल र तेस्रोमा श्रीया गल्र्स होस्टल बुद्धनगरकी छात्रा स्वर्णिमा सापकोटा भइन् ।

प्रथम, द्धितीय र तृतीय हुने छात्राहरुलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित ताज, गिफ्ट ह्याम्पर तथा होस्टलबाट छात्रावृत्तिसमेत प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठलाई एभरेस्ट अस्पताल नयाँ बानेश्वरले सद्भावना दूत नियुक्त गरेको छ ।

यस्तै मिस कोशी सुहाना मादेन लिम्बू, मिस मधेस खुस्बु खातुन, मिस बागमती रश्मीता शाक्य, मिस गण्डकी सुजाता बस्नेत, मिस लुम्बिनी स्वर्णिमा सापकोटा, मिस कर्णाली कविताकुमारी भण्डारी र मिस सुदूरपश्चिको उपाधि वन्दना खरेलले प्राप्त गरे ।

यसैगरी अस्मिता महराले मिस कन्फिडेन्ट, याहान श्रेष्ठले मिस डिसिप्लिन, युनिशा थापाले मिस फोटोजेनिक, ऋतु बुढाथोकीलले मिस काइन्डहर्ट र सरीता शाहले मिस फेन्डसिपको उपाधि प्राप्त गरे । उक्त प्रतियोगिताको कोरियोग्राफर समिता बज्राचार्य थिइन् ।

उक्त उपाधि नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं प्रतिनिधिसभा सदस्य धुव्रबहादुर प्रधानले प्रदान गरे । होस्टल व्यवसायी सङ्घका अध्यक्ष सुनिल भेटवालले यस्तो कार्यक्रमले होस्टेलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

होस्टलमा पढिरहेका विद्यार्थीहरूको उच्च शिक्षाको लागि तथा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको काराओके इन्टरटेन्मेन्टको प्रमुख खगेश रञ्जीतले जानकारी दिए । उक्त संस्थाले यसअघि मिस नेवाः आइकन, मिस नेवाः वल्र्ड, मिस नेशनललगायतका प्रतियोगिता गरिसकेको छ ।

वि.सं.२०८२ भदौ १८ बुधवार १५:१५ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...