back
CTIZAN AD

जुङ्गे महादेव मन्दिर पुनःनिर्माण

वि.सं.२०८२ भदौ १९ बिहीवार

1.4K 

shares

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुङ्गे महादेवको मन्दिर पनुःनिर्माण गरिएको छ । मन्दिर पनुःनिर्माण भएपछि यहाँ भक्तजनको चहलपहल बढेको छ ।

साँघुरो र जीर्ण अवस्थामा रहेको जुङ्गे महादेवको मन्दिर र पुललाई नेपालगञ्ज उपमहानगरपालिकाले पुनःनिमाण गरेको हो । अहिले मन्दिरमा पूजा आजा गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ । यहाँ साँघुरो पुललाई फराकिलो समेत बनाइएको छ । अब फराकिलो पुल बनेका कारण समेत दर्शन गर्न सजिलो भएको नेपालगञ्ज–२१ फुल्टेक्राकी सिर्जना थापाले बताईन् ।

उनले भनिन्, “पहिला पूजा गर्न लामो समय लाइन लाग्नु पथ्र्यो अब त्यो समस्या हटेको छ ।” पहिला साँघुरो र कमजोर भइसकेको पुल हुँदै मन्दिर पुग्नुपर्ने अवस्था थियो । अहिले धेरै भक्तजनले एकैपटक दर्शन गर्न पाएका छन् ।

अहिले बागेश्वरी मन्दिर आउने झक्तजनले जुङ्गे महादेवको समेत दर्शन गर्न थालेका बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले बताए । आकर्षक शैलीको जुङ्गे महादेवको मन्दिरमा अहिले भक्तजनको चहलपहल बढेको उनकोे भनाइ छ ।

दर्शनार्थीलाई आउने र जाने गरी डोरी बाँधेर अलग–अलग बाटो बनाइएको छ । बागेश्वरी मन्दिरमा दैनिक भक्तजनको घुइँचो लाग्छ । पहिला सीमित व्यक्तिलाई मात्रै जान दिएर जुङ्गे महादेवको पूर्जा गर्न दिने गरिएको थियो ।

विसं २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा पूजाआजाको व्यवस्था मिलाइ महादेवको मूर्तिसम्म पुग्न रोक लगाइएको थियो । भक्तजनको पुल पनुःनिर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालदेखि निर्माणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार, करिव रु एक करोड नौ लाखको ालगतमा मन्दिर पनुःनिर्माण गरिएको हो ।

वि.सं.२०८२ भदौ १९ बिहीवार १५:१३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...