back
CTIZAN AD

सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

वि.सं.२०८२ भदौ १९ बिहीवार

888 

shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन आवश्यक रहेको उल्लेख गरे । उनले भने, “सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ । विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन तपाईहरु क्रियाशिल हुनु पर्छ ।”

सभापति देउवाले कर्मचारी युनियन सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावक भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएका कारण नेपाल निजामती कर्मचारी युनियनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहेको विश्वास व्यक्त गरे । शासकीय क्षमता अभिवृद्धि गर्न राज्यले बनाउने नीतिहरूमा छलफल एवम् बहस पैरवी गर्न पनि युनियनको रचनात्मक भूमिका आवश्यक पर्ने बताए । उनलेहरेक निकायमा इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राखे ।

स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्ने सभापति देउवाको भनाइ थियो । उनले भने, “कर्मचारीका आधारभूत आवश्यकतासँग जोडिएका समस्यामा सरकारको ध्यान जाने नै छ । म र मेरो पार्टीको सदैव सहयोग रहन्छ ।”

नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै सङ्घर्षमा कर्मचारी युनियनको अग्रणी भूमिका रहँदै आएको र यसले कर्मचारीको हक हित तथा रक्षाका लागि आवाज बुलन्द गर्दै नेपालको ड्रेड युनियन आन्दोलनमा नयाँ ऊर्जा थपिएको सभापति देउवाले बताए । उनले निजामती सेवा ऐन, २०६४ जारी गराउन खेलेको नेतृत्वदायी भूमिका विशेष स्मरणीय रहेको र यो ऐन बनेपछि कर्मचारीको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा नयाँ ढोका खोलेको बताए । निजामति विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले चासोपूर्वक लिएको र कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने सभापति देउवाले विश्वास व्यक्त गरे ।

युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारी ट्रेड यूनियनले सुशासन, प्रवद्र्धन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीय निजामति सेवा विधेयकमा रहेका कमजोरीलाई सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

युनियनका निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायत महत्वपूर्ण निकायमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति बलियो हुन नसकेको बताए । सो अवसरमा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ नामक पुस्तकको विमोचन गरे । कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मीलगायत विभिन्न ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

वि.सं.२०८२ भदौ १९ बिहीवार १६:३४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...