back
CTIZAN AD

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वि.सं.२०८२ भदौ २० शुक्रवार

1.4K 

shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका–५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका–१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका–१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् ।

पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका– २६ बाट बुधबार तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका–५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका–३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वि.सं.२०८२ भदौ २० शुक्रवार १२:१८ मा प्रकाशित

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौँ । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा...

चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...

सुनचाँदीको मूल्य वृद्धि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ...