back
CTIZAN AD

गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

वि.सं.२०८२ भदौ २० शुक्रवार

2.3K 

shares

गुल्मी । नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ ।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए ।

निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।

प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ ।

निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि यहाँ बिहान ६ः३० बजे र यहाँबाट काठमाडौँ बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ ।

यस्तै, काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरेको छ । निगमले विसं २०८० वैशाख २९ गतेदेखि यहाँ व्यावसायिक रूपमा उडान सुरु गरेको थियो ।

वि.सं.२०८२ भदौ २० शुक्रवार १२:०८ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम...

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने सरकारको तयारी

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने सरकारको तयारी

काठमाडौँ । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई...

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...