back
CTIZAN AD

संविधान संशोधनका कुरा अधुरै

वि.सं.२०८२ भदौ २९ आइतवार

2.5K 

shares

जेन जी पुस्ताको जोड्दार माग र मुद्धा थियो, संविधान संशोधन । त्यसमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख । जेन जी पुस्ताको आन्दोलनले सफलता हासिल पनि गर्यो । उसको चाहना अनुसारको प्रधानमन्त्री पनि नियुक्त भईसकेको अवस्था छ । उसको चाहना अनुसारकै संसद विघटन पनि भयो । तर, जेन जी पुस्ताको संविधान संशोधन गर्ने महत्वपूर्ण अजेण्डा अधुरै रहयो ।

जेन जी पुस्ताले संविधान संशोधन नगर्दै संसद विघटन गर्नुपर्ने सहि निर्णय गर्यो । किनभने संविधान संशोधन गर्ने जस्तो अति संवेदनशील बिषय संविधानलाई नै सर्वोपरी मानेर गर्नुपर्ने हुन्छ । अथवा, संविधान संशोधन निवर्तमान संसदले नै गर्नुपर्ने हुन्थ्यो । त्यसो गर्दा जेनजी पुस्ताले चाहे जस्तो हुन सक्दैनथ्यो । संसदमा संविधान संशोधन गर्न नचाहनेहरू (काँग्रेस–एमाले) को पूर्ण बहुमत थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख लगायत अग्रगामी मुद्धाहरू सहितको एजेन्डा लिएर संविधान संशोधन गर्ने प्रस्ताव संसदमा दर्ता भएको अवस्थामा त्यसको बिपक्षमा काँग्रेस–एमालेले नै मतदान गर्दथ्यो ।

अबको निकास के त ?
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने राष्ट्रपतिद्वारा घोषणा भईसकेको अवस्था छ । तोकिएको मिति मै चुनाव पक्कै होला । अबको चुनाव पछि देश कतातिर जान्छ, त्यो आम जनताको हातमा रहने भयो ।

प्रजातान्त्रिक व्यवस्था भएको मूलुकमा जनता नै सर्वोपरी हुन्छ । तर, आगामी चुनावमा जनताले सहि व्यक्ति र राजनीतिक दल चिन्न र चुन्न सकेनन् भने भदौ २३–२४ पुनः नदोहोरिएला भन्न सकिन्न । त्यो भन्दा भयानक दुर्घटना देशमा घट्न सक्छ । त्यसैले, आम नेपाली जनताहरूमा म यो बिनम्र अनुरोध गर्न चाहन्छु कि क्षणिक स्वार्थ र भ्रममा नपरिकन सहि व्यक्ति र पार्टीलाई चिन्नुस् र चुन्नुस् । हिजोका दिनमा जस्तो ठूलो धनराशी खर्च गरेर चुनावमा उम्मेदवार बन्ने व्यक्ति र पार्टीलाई पुनः मतदान गर्नु भयो भने न हामी रहने छौँ, न हाम्रो देश नै रहने छ । होसियार ! होसियार ! होसियार !

वि.सं.२०८२ भदौ २९ आइतवार १८:४५ मा प्रकाशित

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

महाविनाशकारी भोटेकोशी बाढीको भूराजनीतिक पाटो

नेपाल र चीनबीचको भोटेकोशी बाढीको भूराजनीति एउटा अत्यन्तै संवेदनशील, समसामयिक...

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपालको प्राकृतिक विपद् र अगस्ट २६ को राष्ट्रिय विपत्ति

नेपाल फेरि एकपटक गम्भीर राष्ट्रिय विपत्तिको सामना गरिरहेको छ। २६...

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

जनैको चमत्कार र रक्षाबन्धनको रक्षा

म हिन्दू हुँ म पनि शेरबहादुर देउवा जस्तै हिन्दू हुँ।...

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...