काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडाभैलो मच्चिएको छ ।
आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाएका थिए । त्यसक्रममा उनले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए ।
यसैक्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञास गरे । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।
पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो । धकेलाधकेल भएपछि पत्रकार सम्मेलन तनावग्रस्त बन्यो ।
वि.सं.२०८२ भदौ २९ आइतवार १७:५१ मा प्रकाशित






























