back

नवरात्र सुसेली

वि.सं.२०८२ असोज ११ शनिवार

426 

shares

दुर्गा अधिकारी भमरकोटे, हाल कपन

१.
घटस्थापना
नवदुर्गा भवानी
प्रतिष्ठापना ।

२.
आहा ! सौभाग्य
शैलपुत्री ! ऐश्वर्य
भर आरोग्य ।

३.
भक्ति प्रतीक
माता ब्रम्हचारिणी
पुजा विषेश ।

४.
चन्द्रघण्टाको
मणिपुर चक्रमा
ध्यान गर्ने हो ।

५.
जपे कूष्माण्डा
रोग दोष शोकको
अन्त्य हुने हो ।

६.
दायाँ तिर छन्
देवी शान्ति मोक्षकी
स्कन्दमाता हुन् ।

७.
कात्यायनीले
गर्छिन् मोक्ष प्रदान
अभयदान ।

८.
कालरात्रीको
ललाटमा ध्यानले
भर्छिन् ज्ञानले ।

९.
महागौरीको
अलौकिक सिद्धिको
पूजा विधिको ।

१०.
लिनुस् शरण
सिद्धिदात्री माताले
सिद्ध गरन ।

वि.सं.२०८२ असोज ११ शनिवार ०९:४५ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ। उ आफैमा सम्पन्न...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय) देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी, नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने...

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने,भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल छाई...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...

गजल

गजल

श्याम माकजू, भक्तपुर कमाइ गर्दै अगाडि बढ्ने श्रमी युवा को...