back
CTIZAN AD

स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी चौधबुँदे घोषणा

वि.सं.२०७४ जेठ २७ शनिवार

876 

shares

२७ जेठ,धुलिखेल  । प्रदेश नं ३ भित्रका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरिएको स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा बिहीबारबाट सुरु भएको कार्य प्रदेशभित्रका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवम् उपप्रमुखहरु तथा गाउँपालिकाका अध्यक्ष एवम् उपाध्यक्षहरुको सहभागितो थियो ।

तीन दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा छलफल भएका विषयलाई घोषणापत्रको बुँदामा उल्लेख गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले बताउनुभयो ।

निर्वाचनका समयमा सार्वभौम नागरिकसमक्ष गरेका प्रतिबद्धताअनुरुप स्वच्छ र सदाचारयुक्त सुशासनको प्रत्याभूतिसहित स्वचालित कार्यप्रणालीको स्थापना र अभ्यास गर्दै स्थानीय तहबाट प्रवाह गरिने सेवामा निष्पक्षता, पारदर्शिता, प्रभावकारिता, मितव्ययिता, जवाफदेहिता, उत्तरदायी एवम् जिम्मेवारयुक्त शासनप्रणालीको प्रवद्र्धन गर्न प्रतिबद्धता घोषणापत्रमा छ ।
घोषणापत्रमा भनिएको छ –‘जनतालाई छिटो, छरितो, प्रभावकारी, गुणस्तरीय सेवाप्रवाह सुनिश्चित गरी समावेशी शासन र योजनाबद्ध विकासमार्फत दिगो शान्ति र समृद्धि हासिल गराउन हामी प्रतिवद्ध छौ ।” रासस

वि.सं.२०७४ जेठ २७ शनिवार १६:१८ मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

नेता खड्काद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान...