back
CTIZAN AD

कैलालीमा काँग्रेस उम्मेदवारको टुङ्गो लाग्यो

वि.सं.२०७४ जेठ २७ शनिवार

795 

shares

२७ जेठ, कैलाली  । नेपाली काँग्रेसले कैलालीका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

काँग्रेसले धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा पार्टीका नगर सभापति नृप वड र उपप्रमुखमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै लम्की नगरपालिकाको प्रमुखमा भक्तबहादुर थापा र उपप्रमुखमा धना चौधरी, भजनी नगरपालिकाको प्रमुखमा वीरबहादुर हमाल र उपप्रमुखमा भारती चौधरी, टीकापुर नगरपालिकाको प्रमुखमा जङ्गबहादुर साउद र उपप्रमुखमा केशरी विष्ट रावल तथा घोडाघोडी नगरपालिकाको प्रमुखमा रीताकुमारी चौधरी र उपप्रमुखमा हेकबहादुर बमलाई उम्मेदवार बनाएको छ ।

यसैगरी गोदावरी नगरपालिकाको प्रमुखमा वीरेन्द्र भट्ट र उपप्रमुखमा भगवती पाठक, गौरीगङ्गा नगरपालिकाको प्रमुखमा दिनेशराज जोशी र उपप्रमुखमा मेनका जोशीलाई उम्मेदवार बनाएको छ ।

यस्तै जानकी गाउँपालिकाको अध्यक्षमा गङ्गादेवी चौधरी र उपाध्यक्षमा सूर्यबहादुर बटाला, बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा बलीराम चौधरी र उपाध्यक्षमा ललिता भट्ट, जोशीपुर गाउँपालिकाको अध्यक्षमा रामकृष्ण चौधरी र उपाध्यक्षमा गीता कठरिया तथा चुरे गाउँपालिकाको अध्यक्षमा टीकाराम ढुङ्गाना र उपाध्यक्षमा धना थापालाई उम्मेदवार बनाएको छ ।

यसैगरी मोहन्याल गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर बडुवाल र उपाध्यक्षमा रविकुमारी राना मगर तथा कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी र उपाध्यक्षमा अनिता चौधरीलाई उम्मेदवार बनाएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।

वि.सं.२०७४ जेठ २७ शनिवार १६:१९ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...