back

मुक्तक

वि.सं.२०८२ असोज १८ शनिवार

75 

shares

इन्दिरा रेग्मी,नुवाकोट, अमारे

१.

सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ
पछिको साहारा पनि जमाउनु पर्ने रहेछ
खुसीहरु कतिबेला खोसिन्छन् थाहै हुँदैन
बाँचुन्जेल मोजमस्ती रमाउनु पर्ने रहेछ ।

२.

कुइरे गोरे देख्नै नहुने हुरुक्कै दाम्लो कसेका छौ
नेपाली हेर्दै नहेर्ने भन्दै विदेशी कुरेर बसेका छौ,
बुटामा पैसा फल्दैन गाँठे सात समुद्रपारी पनि,
चिन्नु न जान्नु पैसाको लोभमा धेरै फसेका छौ ।

३.

कहिले बाँड्ने कहिले फेरि माग्ने दिन आउँछ
दशा बिग्रिएपछि रुँदै–रुँदै भाग्ने दिन आउँछ
धन बल रुपको कहिल्यै कसैले घमण्ड नगरौँ
भएकै शरिरको पनि बोझ लाग्ने दिन आउँछ ।

४.

भोग्नुपर्ने नगरेको पाप यही जिन्दगी रहेछ
मरेपछि हुने नै पश्चात्ताप यही जिन्दगी रहेछ
यसो ग¥यो उसो ग¥यो आउँछन् हजार चाहना
पार्नु पर्ने सपना सखाप यही जिन्दगी रहेछ ।

५.
पानी बराबार साँध सँधियार मजाका छन्
स्वार्थी भँडुवा दम्भी मतियार मजाका छन्
बन्धनको चन्दनमा रमाइलो छ वामेहरूको
च्वाट्ट घाँटी काट्ने हतियार मजाका छन् ।

वि.सं.२०८२ असोज १८ शनिवार १०:३९ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...

गजल

गजल

श्याम माकजू,भक्तपुर कमाइ गर्दै अगाडि बढ्ने श्रमी युवा को निरास...