back
CTIZAN AD

एकता महाधिवेशनको म्यान्डेटको आधारमा मात्रै एकता हुन सक्ने एनआरएनएको स्पष्टोक्ति

वि.सं.२०८२ असोज २६ आइतवार

651 

shares

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कानूनी तथा सांगठनिक आधारमा संघको विधान, परम्परा र लाखौं गैरआवासीय नेपालीहरुको भावना बमोजिम एकता प्रक्रिया अगाडी बढाइने स्पष्ट पारेको छ।

संघको स्थापना दिवस (११ अक्टोबर) को अवसरमा एक विज्ञप्ति जारी गर्दै संघले सर्वोच्च अदालतको परमादेश अनुरुप गत मे महिनामा काठमाडौँमा आयोजित एकता महाधिवेशनको म्यान्डेटलाई नै कमजोर पार्ने काम मान्य नहुने पनि जनाएको छ।

संघका प्रवक्ता गंगाधर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा संसारभरि फैलिएका नेपालीहरुलाई एकताको सूत्रमा बाँधेर मातृभूमिको सेवामा जुट्ने पवित्र उद्देश्य लिएर गैर आवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको २२ वर्ष पुरा भएको उल्लेख छ।

ूएक पटकको नेपाली सधैंको नेपालीू भन्ने मूल मन्त्रको मर्म अनुसार यस अवधिमा प्रवासमा रहेका नेपाली समुदायको सेवाका साथै नेपालको विकास र उन्नतिका लागि विभिन्न क्षेत्रमा लगानी तथा सामाजिक सेवामूलक दर्जनौं परियोजनाहरु सम्पन्न भएका छन्। सन् २०१५ को महाभूकम्प होस् वा कोभिड १९ महामारी, संसारभरि रहेका नेपालीहरुले मातृभूमिको घाउमा मल्हम लगाउन सक्दो योगदान गरेका छन्, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेपालमा हालै भएका हिंसात्मक गतिविधिप्रति दुख व्यक्त गर्दै भविष्यमा यस्ता घटना हुन नदिन सजग र संयमित हुन सवै पक्षलाई संघले अपील गरेको छ ।

‘यस विषम परिस्थितिमा गैरआवासीय नेपाली संघमा एकताको विकल्प छैन। सम्मानित सर्वोच्च अदालतको परमादेश अनुरुप गत मे महिनामा सम्पन्न संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमितिले महाधिवेशनमा छुटेका साथीहरुलाई समेत समेटेर लैजान आह्वान गरिसकेको छ। उच्चस्तरीय वार्ता समितिले त्यसको लागि पहल पनि गरिरहेको छ’ प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

‘त्यसका लागि संघको सचिवालय तत्काल हस्तान्तरण गर्नुका साथै सम्पूर्ण मुद्दामामिला फिर्ता लिइ एकताको वातावरण बनाउन हामी बद्री केसी पक्षलाई आह्वान गर्दछौं। कानूनी तथा सांगठनिक आधारमा संघको विधान, परम्परा र लाखौं गैरआवासीय नेपालीहरुको भावना बमोजिम एकता प्रक्रिया अगाडी बढाउनु पर्छ भन्नेमा हामी दृढ छौ। एकताको नाममा एकता महाधिवेशनको म्यान्डेटलाई नै कमजोर पार्ने काम कहीं कतैबाट हुनु हुँदैन भन्ने पनि हामी स्पष्ट पार्न चाहन्छौं। संघको स्थापना दिवसको अवसरमा संघका संस्थापक तथा अग्रजहरुप्रति सादर नमन गर्दै संघका सम्पूर्ण सदस्य तथा प्रवासी नेपाली समुदायमा शुभकामना व्यक्त गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

वि.सं.२०८२ असोज २६ आइतवार ११:२९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...